साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यै काठमाडौमा

बुझ्नै नसकिने यहाँको कस्तो रीत काग पनि कोइली बनी हिँड्छ काठमाडौमा ।

Nepal Telecom ad

उर्लेर सारा यै काठमाडौमा
सडक सानो भो भन्छन् काठमाडौमा
खानु न पिनु चप्पल पड्काउँदै
दौडिरहेछन् यै काठमाडौमा

सुन फल्ने गाँउघर राखेर बाँझो
के खोज्न ओइरिरहेछन् खै काठमाडौमा
के रेछ यहाँ त्यस्तो आकर्षित गर्ने
हातमा दियो लिएर
आगो खोज्न आउने यै काठमाडौमा

पुर्ख्यौली घर भत्काइ सडक बढाई
फुटपाथ पार्किङ् हुन्छ काठमाडौमा
फोहरको थुप्रो, किनारामा पसल
पानीको भेलमा मैला बग्छ सडकमा
बुझ्नै नसकिने यहाँको कस्तो रीत
काग पनि कोइली बनी हिँड्छ काठमाडौमा

आफ्ना पर सारी मिली परचक्रीसँग
पैसै पैसामा दौडिरहेछन् काठमाडौमा
अनि तिनै मिली स्वरबद्ध पारी भन्छन्
हामी बिना खै के थियो र काठमाडौमा ।

बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x