साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मान्छे होइन

आगोले सोध्यो- ए मान्छे न्यानोमा बस हँ हँ के के, फेरि भन त ? कहाँको मान्छे, को मान्छे ? मलाई नभएको आरोप मलाई यो सह्यै छैन म विल्कुल मान्छे होइन ।

Nepal Telecom ad

हावाले भन्यो-
ए मान्छे तिमी स्वच्छ सास फेर
उसले जवाफ दियो-
ए हावा तिमीले कसलाई मान्छे भनेको
को हो मान्छे ? म, म मान्छे होइन
म काङ्ग्रेस हो ।
मान्छे त त्यो
मेरो बाजेलाई छिनाल्नेको नाति हो

पानीले भन्यो-
ए मान्छे तिमी शुद्ध पानी पिऊ
उसले जवाफ दियो-
ए पानी तिमीले कसलाई मान्छे भनेको
उसले हुँकार छोड्यो-
को मान्छे ? कसरी मान्छे ?
म मान्छे सान्छे होइन
म त कम्युनिष्ट हो
मान्छे त त्यो अकुत सम्पति भएको
मेरा बालाई काममा दलाउनेको सन्तान हो
मलाई मान्छे भनेको मन पर्दैन, बुझिस्
आज बँचिस्, आइन्दा मुख नदेखाउनू

अन्नले भन्यो-
ए मान्छे तिमी स्वस्थ खाना खाऊ
उसले मुर्मुरिदै जवाफ फर्कायो
हँ, के भनिस् ?
मलाई आरोप लाउने, सराप्ने !
कसलाई मान्छे भनेको ?
तैँले सोध्ने हिम्मत कसरी गरिस् ?
म मान्छे जस्तो छु
म मधेशवादी दलको सदस्य हुँ, बुझिस् !
तँलाई पक्कै पनि सुराकी गर्न पठाएको हुनु पर्छ
यी वाहुनवादी नश्लवादीहरूले

आगोले सोध्यो-
ए मान्छे न्यानोमा बस
हँ हँ के के, फेरि भन त ?
कहाँको मान्छे, को मान्छे ?
मलाई नभएको आरोप
मलाई यो सह्यै छैन
म विल्कुल मान्छे होइन
मलाई तिम्रो न्यानो स्यानो आवश्यक छैन
पहिले तिम्रो थुतुनो सुधार
म यी दलहरूलाई चुनौती दिन जन्मेको
नौलो पार्टीको नेता हुँ नेता
हेप्ने,
नौलो, जातीय, क्षेत्रीय भनेर
नचिन्ने,
म, बाहुन हुँ
म, क्षेत्रीको सन्तान हुँ
म, मगर हुँ
म, राई हुँ
म, दलित हुँ
म, रैथानी हुँ
म, पूर्वेली हो
म, पश्चिमेली हो
तर मान्छे होइन, कान खोलेर सुन
फेरि भन्दा होस पुर्याऊ

खानाले मुस्कुराउँदै बोलायो-
मान्छेहरू हो म तयार छु, ज्युनार होस्
हँ, सामुहिक जवाफ-
हामी मान्छे ?
होइन, हामी सरकार हो
हामीलाई स्यालुट गरेर भन, सरकार !
सरकार ! हामी सरकार !
ए खाना हैसियत बुझेर तयार हौ
हामी एकै हौं
हामी फरक छैनौं
मात्र मान्छे होइनौं
सरकार हौं ।

कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x