साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म तिमीलाई मान्छे बनाउँन चाहन्थें

म तिमीलाई करोडौं वर्ष लगाएर- सृष्टिको प्रथम र/अन्तिम नमूना बनाउँन चाहन्थें । - म तिमीलाई कहिल्यै नष्ट नहुँनेगरि नष्ट गर्न चाहन्थें । वास्तवमा- म तिमीलाई मान्छेजस्तै मान्छे बनाउँन चाहन्थें !

Nepal Telecom ad

करोडौं वर्ष पहिले नै-
म तिमीलाई एउटा आकार दिन चाहन्थें
प्रकृति भन्दा पहिले नै म तिमीलाई जन्माउँन चाहन्थें ।
तर/म तिम्रो आग्रहसँग असहमत थिएँ ।
तिम्रो आग्रह-
सूर्य जस्तै चम्किरहने एक अघोषित अहंकार थियो
मैले त्यो अस्विकार गरिदिएँ ।
तिमी निर्विवाद जून र/ताराहरू झैं हुन चाहन्थ्यौ
तर/म कदापि त्यो चाहन्नथें ।
वस्तुतः तिमीलाई म घोर अन्धकारको अन्त्यहिन रेखामा
समाहित गराउँन चाहन्थें
तिमीलाई म उज्यालोको भ्रमित सत्यबाट जोगाउँन चाहन्थें ।
कथित अस्तित्व भन्दा पर-
तिम्रो अमरत्वको अर्कै रुप मेरो कल्पना थियो ।
मलाई थाहा थियो-
तिमीलाई मैले बगेर जाने नदी बनाएको भए
तिमी कहिल्यै फर्केर आउँने थिएनौ ।
तिमीलाई बादल बनाएको भए
तिमी वर्षात हुन्थ्यौ र कतै विलिन हुन्थ्यौ ।
तिमीलाई बतास बनाउँन खोजेको थिएँ
तर/बताससँग तिम्रो अनुहार मिलेन ।
तिमीलाई हिउँका कणहरूमा स्थापना गरेर
म विलाउँछु भनेर पनि सोचें
तर/सम्भव भएन ।
तिमीलाई रुख बनाउँछु
पातहरू दिन्छु
र/म जरा भएर बस्छु भनेर पनि सोचें
तर/सकिंन ।
तिमीलाई पहाड बनाउँछु भनेर धेरै पहाडहरू बनाएँ
तिमीलाई चरा बनाउँछु भनेर धेरै चराहरू बनाएँ
तिमीलाई फूल बनाउँछु भनेर धेरै फूलहरू बनाएँ ।
– मैले अनेक मौसम- ऋतु र/यामहरू बनाएँ ।
– मैले असंख्य तत्व- पदार्थ र/चेतना बनाएँ ।
म तिमीलाई-
राग – अनुराग र / विरागको पुनरावृत्ति भन्दा पर
स्थापना गर्न चाहन्थें !
म तिमीलाई –
फगत – आँसु – खकार र/वीर्यमा समाप्त गर्न चाहन्नथें ।
म तिमीलाई निरन्त रुपान्तरण गर्न चाहन्थें
म तिमीलाई करोडौं वर्ष लगाएर-
सृष्टिको प्रथम र/अन्तिम नमूना बनाउँन चाहन्थें ।
– म तिमीलाई कहिल्यै नष्ट नहुँनेगरि नष्ट गर्न चाहन्थें ।
वास्तवमा-
म तिमीलाई मान्छेजस्तै मान्छे बनाउँन चाहन्थें !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x