सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कता छुटिएछ ?

आ...तैले पढ्नु पर्दैन बाबू भनेर छोराले पढ्ने थोत्रे लालटिन आजको मिटिङलाई चाहिन्छ पनि भनेकै हो समतामूलक राज्यसत्ता प्राप्तिको लडाईंमा अग्रमोर्चाको सिपाही बनेकै हो ।

Nepal Telecom ad

एक कुनाको गुनासो, जस्तो सुनियो त्यस्तै बुनियो
सँगै राजनीति सुरु गरेका हामी
वहाँ मञ्चमा म किनारमा
हरेक साँझ थात्रे कसौंडी कोट्याउँदै गर्दा म
वहाँ दिउँसो लन्चमा राती डिनरमा ।

हैन कहिले कहाँ पो छुटिएछ ?
श्रीमतीले साँचेर राखेको बीउ कोदो सुटुक्कै बेचेर
लेबी पनि तिरेकै हो
साथीभाइहरूले बोक्नुपर्छ है भन्दा
कागजले भरिएको झोला पनि भिरेकै हो
घरको मूल ओछ्यान
अपरिचितलाई सुम्पिंदै
माइलीको मजेत्रो ओढेर
पर्तिर पालीमा पनि सुतेकै हो
तल पिपलबोटेमा राती आउनुपर्छ है भन्दा
हस हजुर ! भनेर जुटेकै हो
हैन कहाँ पो छुटिएछ ?

आ…तैले पढ्नु पर्दैन बाबू भनेर
छोराले पढ्ने थोत्रे लालटिन
आजको मिटिङलाई चाहिन्छ पनि भनेकै हो
समतामूलक राज्यसत्ता प्राप्तिको लडाईंमा
अग्रमोर्चाको सिपाही बनेकै हो
तर हिंड्दा हिंड्दै
पछाडि परिएछ
ठेलमठेल भिडमा
थाहै नपाइ किनारातिर झरिएछ
हैन कहाँ पो छुटिएछ ?

०००
गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा

आमा

खगेन्द्र नेउपाने
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

टङ्कराज ढकाल ‘तितेपाती’
बेथा नउल्टिए हुन्थ्याे

बेथा नउल्टिए हुन्थ्याे

मुक्तिनाथ शर्मा
जिन्दगी : अनेक अनुभूति

जिन्दगी : अनेक अनुभूति

गाेपेन्द्रप्रसाद रिजाल