साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कता छुटिएछ ?

आ...तैले पढ्नु पर्दैन बाबू भनेर छोराले पढ्ने थोत्रे लालटिन आजको मिटिङलाई चाहिन्छ पनि भनेकै हो समतामूलक राज्यसत्ता प्राप्तिको लडाईंमा अग्रमोर्चाको सिपाही बनेकै हो ।

Nepal Telecom ad

एक कुनाको गुनासो, जस्तो सुनियो त्यस्तै बुनियो
सँगै राजनीति सुरु गरेका हामी
वहाँ मञ्चमा म किनारमा
हरेक साँझ थात्रे कसौंडी कोट्याउँदै गर्दा म
वहाँ दिउँसो लन्चमा राती डिनरमा ।

हैन कहिले कहाँ पो छुटिएछ ?
श्रीमतीले साँचेर राखेको बीउ कोदो सुटुक्कै बेचेर
लेबी पनि तिरेकै हो
साथीभाइहरूले बोक्नुपर्छ है भन्दा
कागजले भरिएको झोला पनि भिरेकै हो
घरको मूल ओछ्यान
अपरिचितलाई सुम्पिंदै
माइलीको मजेत्रो ओढेर
पर्तिर पालीमा पनि सुतेकै हो
तल पिपलबोटेमा राती आउनुपर्छ है भन्दा
हस हजुर ! भनेर जुटेकै हो
हैन कहाँ पो छुटिएछ ?

आ…तैले पढ्नु पर्दैन बाबू भनेर
छोराले पढ्ने थोत्रे लालटिन
आजको मिटिङलाई चाहिन्छ पनि भनेकै हो
समतामूलक राज्यसत्ता प्राप्तिको लडाईंमा
अग्रमोर्चाको सिपाही बनेकै हो
तर हिंड्दा हिंड्दै
पछाडि परिएछ
ठेलमठेल भिडमा
थाहै नपाइ किनारातिर झरिएछ
हैन कहाँ पो छुटिएछ ?

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x