साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटकेहरूबाट सावधान

गरेर भगिरथहरूको पहिचान जाँचेर उम्मेदवार, गर्नु छ मतदान सावधान- सावधान, केही बिरालाहरू पनि चन्दन घसेर पसेका छन् बस्ती बस्तीमा चटकेहरूबाट सावधान !!

Nepal Telecom ad

चुनाव आउँदै बन्छन् मीत,
विनीत भै गर्छन् भ्रमित
आकाशबाट तारा झार्ने जस्ता,
फेद न टुप्पो भएका
झूठा आश्वासन बाँडेर,
बुझाउँछन् हाम्रो चित्त ।
तर जितेर चुनाव गर्छन् काम,
जनभावना विपरित ।

प्रश्न अनेकौं छ्न्,
पटक पटक बिराउने किन ?
जो छ निकम्मा,
जीतको तक्मा भिराउने किन ?
आफ्नो घरमा छिराउने किन ?
स्वहितमा नै बञ्चरो हानी
आफूलाई नै सिध्याउने किन ?

जहिले जसलाई छानेर ल्याउँछौँ
गर्न हाम्रा समस्याको समाधान
उही हुँदा सत्तामा विराजमान
गर्छ पदका लागि हानाहान
सिध्याएर सबै मूल्य मान्यता
स्वार्थका वशिभूत भएर
गर्छ हानाहन- जानाजान
ठान्छ आफूलाई सर्वशक्तिमान
बन्छ विकासयात्राको व्यवधान ।

हुलमा लागेर बिल्कुल
नहोस् कतै कुनै भूल
क्षणिक लोभमा परेर जित्नु हुँदैन ऊ
जो छ जनचाहना प्रतिकूल ।

यसपालि कसीमा घसी घसी
गरेर भगिरथहरूको पहिचान
जाँचेर उम्मेदवार, गर्नु छ मतदान
सावधान- सावधान,
केही बिरालाहरू पनि चन्दन घसेर
पसेका छन् बस्ती बस्तीमा
चटकेहरूबाट सावधान !!!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x