साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटकेहरूबाट सावधान

गरेर भगिरथहरूको पहिचान जाँचेर उम्मेदवार, गर्नु छ मतदान सावधान- सावधान, केही बिरालाहरू पनि चन्दन घसेर पसेका छन् बस्ती बस्तीमा चटकेहरूबाट सावधान !!

Nepal Telecom ad

चुनाव आउँदै बन्छन् मीत,
विनीत भै गर्छन् भ्रमित
आकाशबाट तारा झार्ने जस्ता,
फेद न टुप्पो भएका
झूठा आश्वासन बाँडेर,
बुझाउँछन् हाम्रो चित्त ।
तर जितेर चुनाव गर्छन् काम,
जनभावना विपरित ।

प्रश्न अनेकौं छ्न्,
पटक पटक बिराउने किन ?
जो छ निकम्मा,
जीतको तक्मा भिराउने किन ?
आफ्नो घरमा छिराउने किन ?
स्वहितमा नै बञ्चरो हानी
आफूलाई नै सिध्याउने किन ?

जहिले जसलाई छानेर ल्याउँछौँ
गर्न हाम्रा समस्याको समाधान
उही हुँदा सत्तामा विराजमान
गर्छ पदका लागि हानाहान
सिध्याएर सबै मूल्य मान्यता
स्वार्थका वशिभूत भएर
गर्छ हानाहन- जानाजान
ठान्छ आफूलाई सर्वशक्तिमान
बन्छ विकासयात्राको व्यवधान ।

हुलमा लागेर बिल्कुल
नहोस् कतै कुनै भूल
क्षणिक लोभमा परेर जित्नु हुँदैन ऊ
जो छ जनचाहना प्रतिकूल ।

यसपालि कसीमा घसी घसी
गरेर भगिरथहरूको पहिचान
जाँचेर उम्मेदवार, गर्नु छ मतदान
सावधान- सावधान,
केही बिरालाहरू पनि चन्दन घसेर
पसेका छन् बस्ती बस्तीमा
चटकेहरूबाट सावधान !!!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x