साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घमण्ड गर्ने जन नासिनेछन्

खराव बानी मनमा पसेछन् लुटेर खाने ढिकुटी सकेछन् निभेछ आगो सुकुटी हसुर्छन् घमण्ड गर्ने जन नासिनेछन् ।

Nepal Telecom ad

गुना डकारी पदमा बसेछन्
अनन्त भारी गहना भिरेछन्
विभेदकारी चलखेलमा छन्
घमण्ड गर्ने जन नासिनेछन् ।१

खसेर छानो घर मासिनेछन्
र चौरमा के बर काटिनेछन्
दिएर वाधा पर सारिनेछन्
घमण्ड गर्ने जन नासिनेछन् ।२

दगुर्न सक्ने मन टाढिनेछन्
भकुर्न सक्ने खल राखिनेछन्
कुकर्मकारी छलमा फसेछन्
घमण्ड गर्ने जन नासिनेछन् ।३

बिहान चर्को रवि देखिनेछन्
र साँझ अर्को कवि डाकिनेछन्
झुलुक्क आयो अनि भासिनेछन्
घमण्ड गर्ने जन नासिनेछन् ।४

झुलुक्क झुल्के चुपचाप हुन्छन्
भुसुक्क बिर्से खलपात्र बन्छन्
पिएर पानी ननिको हुनेछन्
घमण्ड गर्ने जन नासिनेछन् ।५

खराव बानी मनमा पसेछन्
लुटेर खाने ढिकुटी सकेछन्
निभेछ आगो सुकुटी हसुर्छन्
घमण्ड गर्ने जन नासिनेछन् ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x