साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

सोझा साधु अशक्तका हृदयमा, ज्यादै कडा दर्द छ । पापी भ्रष्ट दुसाधका कदमले, पीडा दशा व्याप्त छ । सक्ला मानिस युक्तिले प्रविधिले, त्यो चन्द्रमा उक्लन । जाली दम्भ घमन्ड भ्रष्ट मतिले, सक्दैन मान्छे हुन ।

Nepal Telecom ad

श्रृङ्खलाबद्ध काव्य (८६)

आफ्नो आखिर एक इन्च पनि त्यो, छोड्दै है दुर्जन ।
अर्काको किन मिच्न खोज्छ सहजै, लाजै नमानीकन ।।
आफू मात्र रमेर बाँच्दछु यहाँ, भन्दै छ भस्मासुर ।
सीमा साँध मिचेर रम्छ सहजै, पापी हरामी नर ।।

जाली बात कुकर्म भ्रष्ट मतिले, नाच्दै छ जालन्धर ।
मान्छे दुर्जन चण्डमुण्ड सरिझैँ, बन्दै गयो आखिर ।।
अर्काको धनमाल बस्तु सहजै, भन्दै छ टप्काउँछु ।
सोझो साधु अशक्त रुग्ण नरको, भन्दै छ तर्साउँछु ।।

जाली घातक नाच्छ आज थलमा, कुर्लिन्छ कर्ता बनी ।
गाली धेर गरेर उग्र पनले, रोप्दै छ त्यो दुस्मनी ।।
उम्दा ठालु बनेर रम्दछु भनी, दादा बनी हिँड्दछ ।
राजा बन्छु भनी यहाँ गरिबका,बस्ती मिची मक्ख छ ।।

अर्काको धनमालमा जमिनमा, दाह्रा धसी हिँड्दछ ।
लुट्दै खान सिपालु हुन्छ मनुवा, पापी खुनी बन्दछ ।।
आत्मा एक विचार भिन्न छ यहाँ, व्यर्थै तृषा पाल्दछ ।
मान्छे उग्र बनेर आज किन हो, बाँच्ने कला त्याग्दछ ।।

नारी वर्ग यहाँ उपेक्षित हुँदा, गिर्दै गयो सौम्यता ।
गिद्दे दृष्टि धरेर लुट्छ खलले, चेली सुता अस्मिता ।।
साथी इष्ट छिमेकमा मुलुकमा, पीडा व्यथा रोप्दछ ।
जाली बात खराब छुद्र मतिले, मान्छे खुनी बन्दछ ।।

सोझा साधु अशक्तका हृदयमा, ज्यादै कडा दर्द छ ।
पापी भ्रष्ट दुसाधका कदमले, पीडा दशा व्याप्त छ ।।
सक्ला मानिस युक्तिले प्रविधिले, त्यो चन्द्रमा उक्लन ।
जाली दम्भ घमन्ड भ्रष्ट मतिले, सक्दैन मान्छे हुन ।।

०००

बट्टार, नुवाकोट
हालः-बालाजु, काठमाडौं
२०७९/१०/१३
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x