माधव पोखरेल गोज्याङ्ग्रेम हुँ नेता
नोटले किनेको भोट न हो भोलि गुमाउन सक्छन् आजको कुरामा तालमेल हुन्छ भोलि बिहान माकुराको जालो बुन्छ हिजो गोरो भएको मान्छे आज भोलि कालो भएर देखा पर्छ ।

१
ठोकाठोक र हाना हान
यता उता ताना तान
क नजान्ने कानून वेता
र नजान्ने राजनीतिमा जेठा
यही नै हो नेपाली राजनीतिको
गर्विलो र दर्विलो पहिचान ।
२
म हुँ नेता
विविध शास्त्र वेता
चपरचण्ड र धुर्त छु
राजनीतिमा लागेपछि
वगलीमात्र छाम्दछु ।
३
अकवरी सुन खोज्दै छन् जनताले
हामीलाई घुन किरा भिराउँछन नेताले
छिचिमिरा झैँ जन्मेका नेताका कुरा
जन्मेर मर्छन प्वाँख नपलाउँदै
तमासा हेर्छौ हामी जनता
आक्रमणकारी किरा राम रमिता ।
४
देश खाएर शेष भएपछि
मरेको बिरालो जस्तो
देश नखाँदै भेष बद्लेर
नाममा सिंह काममा स्याल
अलि अप्ठ्यारो परेमा
यिनै खोजछन् मुसाको प्वाल ।
५
नोटले किनेको भोट न हो
भोलि गुमाउन सक्छन्
आजको कुरामा तालमेल हुन्छ
भोलि बिहान माकुराको जालो बुन्छ
हिजो गोरो भएको मान्छे
आज भोलि कालो भएर देखा पर्छ ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest





































