साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोर्खे बुद्धि !

सस्तोमा ओखती बेचेर महंगोमा मेडिसिन किन्यो नदी विदेशलाई बेचेर पानी किन्न विदेश हिन्यो । सत्ता पाउँदा आफ्नो इँजार समाउदै ठिक्क सत्ता नपाउँदा अर्काको कन्दनी तान्दै ठिक्क ।

Nepal Telecom ad

हिमालको शिरमा
गुराँसको फूल सिउरेर
पहाडको
छातीमा
‘छेपारामुखे ताना’र
भिसीको तानाबाना टल्काउँदै
चुरे र महाभारतको
पटुकी बाँधी
कम्मरमा खुकुरी भिरेर
विजयको
दुन्दुभी बजाउँदै
तराईको
सुनौला पाउहरूले
स्वाभिमानका पाइला चालेर
जसले
संसारमाथि
जित निकाल्यो
त्यही हो गोर्खाली ।
जसले
चन्द्रसूर्य झण्डाको
शानदार गीत निकाल्यो
त्यही हो गोर्खाली ।

हिजो
प्रवासमा पनि
जुधेर
रैथाने बनेको गोर्खाली
आज,
दुई छाक खानकै लागि
विदेशी होटलमा
भाँडा मस्काउन
बाध्य भएपछि
ज्येष्ठ आमा बाउ
तरुनी श्रीमती र
बालक सन्तानलाई एक्लै छाडेर
छाती दुःख्ने गरी
चस्काउन विवश भएपछि
गोर्खे बनेको छ ।
कुर्सी पनि
गोर्खे भएर
जनताको रगतले
उठाएको
पहाड धस्काउन थालेपछि
हिमालको गौरव
खस्काउन थालेपछि
गोर्खे वुद्धिको
आविस्कार भएको हो ।
देशमा
टोपीदेखि कट्टुसम्ममा
भ्रष्टाचार भएको हो

गोर्खे वुद्धिले
अराएपछि,
कुर्सीहरु
बौलाउन थालेका छन् ।
जाँडका छोक्रा र
झोलभित्र अलमलिएर
भोट हराएपछि
निष्ठा र इमान
उत्तानो परेका छन्
झूटका खेती
मौलाउन थालेका छन् ।
कृषि र खेती मन्द छ
उद्योग बन्द छ ।
होलटाइम
झोला र झन्डा बोक्नेलाई
मासु भातको
प्रवन्ध छ ।
फुल टाइम
हलो र कोदालो बोक्नेलाई
आक्कलझुक्कल
नाकभरि
होटेलबाट हर्हराएको
मिष्ठान्नको सुगन्ध छ ।

गोर्खे बुद्धि
बढ्दै गएपछि
पृथ्वी नारानको मूर्ति
लड्दै गयो ।
बुद्धको सन्देश
सड्दै गयो
शिवको कल्याण
डढ्दै गयो
शिवलिङ्गको पारो
चढ्दै गयो
हुने पनि भयो
नहुने पनि भयो ।
देश बाँडियो
समाज भाँडियो
साँढे जुधेका जुध्यै गर्दा
वाछाको
अस्तित्व माडियो
जातिको नाममा
एकता टाढियो,
नाक र चाकको नाराले
सद्भाव भाँडियो ।
गोर्खे वुद्धि ।

सस्तोमा ओखती बेचेर
महंगोमा
मेडिसिन किन्यो
नदी विदेशलाई बेचेर
पानी किन्न विदेश हिन्यो ।
सत्ता पाउँदा
आफ्नो इँजार समाउदै ठिक्क
सत्ता नपाउँदा
अर्काको कन्दनी तान्दै ठिक्क ।
गाली गर्नेलाई
ताली ठोक्ने
काम गर्नेलाई
जीउँदै टोक्ने
बाँच्दा पनि
नेपाली बाँच्दैन
कांग्रेस, एमाले, माओवादी र
मधेशवादी बाँच्छ ।
मर्दा पनि
मान्छे मर्दैन
नेता र कार्यकर्ता मर्छ ।
गोर्खे बुद्धि !!!

०००
खाँदबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x