साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ला खुलेको छ

राजवंशी जातिको नाममा जापानबाट कोटा खुलेको छ दसबिस लाख रुपियाँ गनिहाल जापान जाने भए राजवंशी बनिहाल बनिहाल ।

Nepal Telecom ad

होम सुवेदी

ए खँड्का कान्छा
ए च्याङ्बा जेठा
ए याङ्दुवा भाइ
ए बाहुन काइँला
ए रिजाल भाइ
ए मन्डल भैया
ए असलु मियाँ
नागरिकतामा
आफ्नो जात फेरिहाल
जापानमा गएका साथीको कुरा
टेरिहाल ।

जापानबाट
राजवंशीको कोटा खुलेको छ अरे
धेरैले खेत बेचेर एप्लाइ गरे
के हेरिरहेका छौ
राम्रो चानस छ रे
पछुताउला भरे ।

ए भुजेल कान्छा
ए हरि सर
ए मुखिनी कान्छी
सबैले यता सुन
भित्रबाटै गुन
ए माथिल्लो घरे दाजु
ए कालिकोटे राजु
ए भक्तपुरे गुभाजु
नागरिकतामा थर फेर
मैले भनेको बेलैमा टेर
समाऊ भ्रष्टको फेर
बुझाऊ लाख लाख ।

केको घोरिनु
मरेर हैन
जिएरै बेचिनू
पैसा लिएर हैन
पैसा दिएर बेचिनू
कमाएर हैन
गुमाएर बेचिनू
यसैले पुर्खाको खलो
बैँकमा राख
पत्नीको गलो
रित्तो पार्न नसर्माऊ
आमाको काख
रित्तो पार्न नडराऊ ।

जापानबाट
राजवंशीको कोटा खुलेको छ अरे
ढिलो होला भरे
दलाललाई बुझाऊ
सकेदेखि
भुटानी भएर अमेरिका छिर
उचो पार शिर
मरिलानु के छ आखिर
खाऊ बाबै खिर ।

राजवंशी जातिको नाममा
जापानबाट
कोटा खुलेको छ
दसबिस लाख रुपियाँ गनिहाल
जापान जाने भए
राजवंशी बनिहाल
बनिहाल ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x