साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदिकवि भानुभक्त जन्मस्मृतिमा

जे जे होस् असली चरित्र दिलका लेखेर छौ कञ्चन । नेपाली सबमा समर्पण गर्‍यौ यो स्तुत्य रामायण ॥ जो चिन्दैन चुँदी र त्यो तनहुको रम्घा र भानुभने । नेपाली हुन सक्छ? मान्दिन म ता चिन्दैन भाषा भने ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र

सारा लोक समस्तको हित लिई सम्झेर नारायण ।
भाषा भाव भरी कलाकलमले लेखेर रामायण ॥
अर्प्यौ साथ मिठास भाव लयमा छन् भित्र राम्रा गुदी ।
थाल्दा लेख्न कथा व्यथा मुलुकका कस्तो थियो त्यो चुँदी ?१॥

घाँसीका उपदेशले हृदयमा बढ्दै गयो प्रेरणा ।
भन्ने तथ्य छ भाव सत्य अथवा हो कथ्य सम्प्रेषण ?॥
हेर्दामा अझसम्म यो तनहुँमा सामान्य छन् मानव ।
घाँसीका व्यवसायका विषयमा लाग्दै छ शङ्का अब ॥२॥

किन्ने दाम दिएर घाँस पहिले कस्ता थिए सज्जन।
भैँसीको दुध विक्दथ्यो अब कता हे भानु राम्रो भन ?॥
काट्ने घाँस धनाड्यका घर बसी गर्दै ठुलो चिन्तन
गोठालो हुनुपर्छ जो समयको घाँसी भनेको जन ॥३॥

अर्थात् पढ्न उता बनारस तथा गोलोक वृन्दावन ।
जाँदा भेट भयो कि सभ्य दिलको त्यो घाँस बेच्ने जन ?॥
यस्तै तर्कवितर्क चल्छ दिलमा छन् लेख आलोकित
देखिन्छन् कतिमा विवादित कथा तिम्रा कला सञ्चित ॥४॥

सच्चा ब्राह्मण ती गजाधर थिए त्यो ग्राममा सर्वदा
झर्किन्थिन् गृहिणी तथा पतिसँगै आफ्नो समस्या हुँदा
लेखेछौ त्यसरी कटाक्ष रचना गाली अनेकौँ गरी ॥
सोतीका परिवारले प्रियकथा ठान्लान् र,कदम्बरी ?४॥

त्यो आफ्ना घरको विशेष झगडा गर्थे उनै सामना ।
सोचेनौ र अलच्छिनी भनिदियौ बिर्सेर सद्भावना ॥
सोतीका कुल वंश छन् अझसँगै त्यो गाउँमा सुन्दर ।
पढ्दा राम कथा चसक्क मुटुमा चस्केर हान्दैन र ?५॥

धेरै लेखक जन्मिए मुलुकमा खोजेर आफ्नो हक ।
राम्रो छाप बसेन यो विषयमा भन्छन् कुनै सर्जक ॥
के ईर्ष्यावशमा थियो कि अथवा आफ्ना छिमेकीसित ।
गालीका अपशब्द राख्नु नहुने छन् काव्यमा सञ्चित ॥६॥

जे जे होस् असली चरित्र दिलका लेखेर छौ कञ्चन ।
नेपाली सबमा समर्पण गर्‍यौ यो स्तुत्य रामायण ॥
जो चिन्दैन चुँदी र त्यो तनहुको रम्घा र भानुभने ।
नेपाली हुन सक्छ? मान्दिन म ता चिन्दैन भाषा भने ॥७॥

०००
२०८/३/२८
ताप्लेजुङ, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x