साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोल्नु हुँदैन

नियाँ गर्ने कस्ता हुन्छन्, बोल्नु हुँदैन कस्ता छोड्छन् कस्ता थुन्छन्, बोल्नु हुँदैन कस्तालाई तारिदिन्छन्, बोल्नु हुँदैन कस्ता कुटी मारिइन्छन्, बोल्नु हुँदैन ।

Nepal Telecom ad

रमेश खकुरेल :

ठूला बडा के के गर्छन्, बोल्नु हुँदैन
को कोसित के के खान्छन्, बोल्नु हुँदैन
साँझ राति कता जान्छन्, बोल्नु हुँदैन
कस्ता साथीसँगै लान्छन्, बोल्नु हुँदैन ।।

रातभरि के के गर्छन्, बोल्नु हुँदैन
कमिशन कति तोक्छन्, बोल्नु हुँदैन
को कोसित के के लिन्छन्, बोल्नु हुँदैन
लिएपछि कहाँ राख्छन्, बोल्नु हुँदैन ।।

कस्ता मिसिल आफै हेर्छन्, बोल्नु हुँदैन
कहाँ थप्छन् कहाँ केर्छन्, बोल्नु हुँदैन
कल्ले भन्यो भने टेर्छन्, बोल्नु हुँदैन
कस्का काम झट्ट तुर्छन्, बोल्नु हुँदैन ।।

कहाँबाट खाम लिन्छन्, बोल्नु हुँदैन
कससित दाम लिन्छन्, बोल्नु हुँदैन
कससित काम लिन्छन्, बोल्नु हुँदैन
कसलाई काम दिन्छन्, बोल्नु हुँदैन ।।

नियाँ गर्ने कस्ता हुन्छन्, बोल्नु हुँदैन
कस्ता छोड्छन् कस्ता थुन्छन्, बोल्नु हुँदैन
कस्तालाई तारिदिन्छन्, बोल्नु हुँदैन
कस्ता कुटी मारिइन्छन्, बोल्नु हुँदैन ।।

०००
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x