साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीखण्ड

मानव अस्तित्व धरापमा नपर्ने गरी आऊ ... ज्ञान, बुद्धि, विवेकका कुरा लिएर आऊ गाँस, बास र कपासको सहायक भएर आऊ .. जमाना तिम्रै छ .... प्रविधिको जान्नेलाई श्रीखण्ड .... विज्ञान-प्रविधि ।

Nepal Telecom ad

गोपाल काफ्ले :

टिकटक आयो देखासिखी बढायो
फेसबुक आयो रिडिङ्ग बुक खायो
म्यासेन्जर आयो अनावश्यक गफ लायो
भाइबर आयो पढाइ नै खायो
ह्वाट्सप आयो दिनरात खायो
स्न्याप च्याट आयो लेखाइ गयो
ईमेल आयो बेमेल बढायो
इन्स्ट्राग्राम आयो निद्रा खायो
इमो आयो कसले के पायो ?
स्काइप आयो प्रत्यक्ष भेटको जमाना गयो …
मोबाइल आयो
घडी, रेडियो खायो
टर्च, क्यासेट, क्यामेरा खायो
क्याल्कुलेटर, क्यालेन्डर खायो पात्रो अनि पत्रिका…
सबै चपायो
धेरैको काम एउटैबाट तमाम …
अति सजिलो

मोबाइल आयो नेट आयो
गाउँघर नजिक आयो
सहरबजार र देशविदेश
नजिक बनायो
भेटघाट बढायो
भर्चुअल भएपनि तुरुन्तातुरुन्तै
खबर सुनायो
कला प्रकाशनको मौका पायो
मोबाइल आयो धेरैथोक आयो
लिन जान्नेले लाखौ पायो
नजान्नेले सर्वस्व गुमायो …
प्रविधि आउँछन्
अझै आउनु पर्छ
मान्छेले अवसर पाउनु पर्छ
अवसरको अवसर जताततै छाउनु पर्छ
आऊ विज्ञान प्रविधि भारी बोकेर आऊ
मानव अस्तित्व धरापमा नपर्ने गरी आऊ …
ज्ञान, बुद्धि, विवेकका कुरा लिएर आऊ
गाँस,बास र कपासको सहायक भएर आऊ ..
जमाना तिम्रै छ …. प्रविधिको
जान्नेलाई श्रीखण्ड …. विज्ञान-प्रविधि ।

धन्यवाद !

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x