साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा (काव्यांश- ९)

हाँस्छन् मानव देख्छ यो मन कतै हाँसे खुसी छन् किन ? मिल्छन् रोदनमा कतै जन भने दुख्छन् र रुन्छन् किन ? जेजे दुख्दछ देख्छ यो मन वृथा सम्झन्छ मेरो किन ? ईर्ष्या,लोभ गयो सबै पर भयो यो भाव गाढा किन ?

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

ज्ञाता हो भव ज्योतितुल्य मन त्यो अल्पेर टाढा हुँदा
सारा देह भिज्यो परी खुद थला यो शोक बोकी रुँदा
रोऊ लाग्छ सधैँ विरक्त मन भो भाग्दा खुसी साथको
त्यस्तो स्वच्छ पवित्र भाव गुणको को हुन्छ बेदागको ?६५

रोलान् भाइ उता दुखेर बहिनी पोख्ला कि आँखा जल
पारिस् दैव हरे बिजोग किन यो ? जम्मै हुने दुर्बल
छैनन् क्यै अब चाहना हृदयमा मर्ने न हो जिन्दगी
थिच्दै चेतविषे दुखाउँछ अझै मार्दै छ त्यै बुर्कुसी ॥६६

बुर्की राख्न र छर्न बेर भो अब भनी भन्छन् अनेकौँ जन
खान्थे अन्न भनी उही तर हरे ! बुर्की भएको किन ?
नाता अल्प रहन्छ प्राण तनमा अल्झन्छ जैले तक
छोडी प्राण गए स्वयम् पर भए नाता र मेरा हक ॥६७

यो आध्यात्मिक चेतना प्रखर हो प्रस्टिन्छ सङ्लोसँग
वाणीमा गुण फेरिए प्रकट छन् भो प्रेत भन्छन् अब
यो नाता भ्रमजाल हो यसघरी खुल्छन् सुशिक्षा सब
सन्ध्यामा शिशु खेल्न बाहिर गए तर्सन्छ भन्छन् अझ॥६८

यो आध्यात्मिक चेतना प्रखर हो प्रस्टिन्छ सङ्लोसँग
वाणीमा शुभ फेरिँदै प्रकट छन् हो प्रेत भन्छन् सब
यो नाता भ्रमजाल यसघडी खुल्छन् सुशिक्षा अब
सन्ध्यामा शिशु खेल्छ बाहिर भने तर्सन्छ भन्छन् सब ॥६९

देखुन्जेल पिता मरेपछि सबै तर्साउने बन्दछन्
हो यो झूट अवश्य खुल्छ अहिले झन् प्रेतमा गन्दछन्
नाना वादविवाद छन् मनुजमा जो सत्य टाढा गरी
जाली तर्क छरून् डटेर मनुवा छिप्दैन कस्तै गरी ॥७०

पापी काल रहेछ आज त्यसले आशा निभायो गयो
सारा विश्व बन्यो उजाड अहिले यो भाव गाढा भयो
लाग्छन् घाम र जून यो अवनिमा निस्सारनिस्सार छ
आफ्नो घोच्दछ चेत यो हरघडी दिक्दारदिक्दार छ ॥७१

हाँस्छन् मानव देख्छ यो मन कतै हाँसे खुसी छन् किन ?
मिल्छन् रोदनमा कतै जन भने दुख्छन् र रुन्छन् किन ?
जेजे दुख्दछ देख्छ यो मन वृथा सम्झन्छ मेरो किन ?
ईर्ष्या,लोभ गयो सबै पर भयो यो भाव गाढा किन ?७२

पीडा छन् दिलमा असाध्य तिनको को गर्छ व्याख्या सही?
भागे भोक,तृषा गए पर भए आएन हेक्का सही
गर्जन्छन् अवहाल चेत बबुरो थिग्रन्छ खै के गरी ?
मेरो हालत यो सुधार्न अब ता आऊन् दयाला हरि ॥७३

राम्रा कर्मविषे थियो मन उही देख्दैन ऐले किन ?
जन्मे साथ समान खानपिन हुन् मर्छ्न् अलग्गै किन ?
राम्रा कर्म चुनी उठेर म गरौँ लाग्दै नलाग्ने किन ?
मान्छे हुन् मन भावना फरक छ्न् यो खुल्छ भिन्नै किन ?७४

०००

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x