साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक तीज

यिनीहरू दरभन्दा बढी कर खान्छन् रहर खान्छन् कहर खान्छन् सहर खान्छन् जहर खान्छन् ...... गाउँघर खाइरहेछन् संस्कृति संस्कार र परम्परा खाइरहेछन् ...... पचाइरहेछन् !

Nepal Telecom ad

गोपाल काफ्ले :

मधुरसको प्रतिस्पर्धा
मांस मछलीको मसलादार भोजन
मन मिल्दा
तन मिल्दा
उमेर मिल्दा
साथी सङ्गी
विपरीत लिङ्गी
पारदर्शी पहिरहन
काँचुली साइज कपडा
पहिरेर
भद्दा
कामुक
श्रृङ्गारका साथ
अर्काको यौवन मिसाएर मुछेर
कक्टेल बनाएर
जेठी
माहिली
साहिँली
काहिँली

कान्छीहरू मिलेर …।
दर खाए
सरदर पिए ..
दर खाइरहेछन्
दुई महिना अघिदेखि …..!

मलाई लाग्छ …
यिनीहरू दरभन्दा बढी
कर खान्छन्
रहर खान्छन्
कहर खान्छन्
सहर खान्छन्
जहर खान्छन् ……
गाउँघर खाइरहेछन्
संस्कृति संस्कार र परम्परा खाइरहेछन् …… पचाइरहेछन् !

डगी डान्स
हगी डान्स
र्‍याप डान्स
झ्याप डान्स
नाच्छन् …
तीज गीत भनेर …
पोइल जान पाऊँ . . …
मायालुले बोला छ बेलुका
जाऊँ कि नजाऊँ म … ?
हेर्ने हो र ? देखाइदिऊँ . … ?
गाउँछन् …

आफू व्रत बसेर
छोराछोरीलाई पत्रु खाना खुवाएर
श्रीमान्लाई शत्रु खाना खुवाएर
आयु बढाइरहेछन् …….!
तीज मनाइरहेछन् ……
आजकाल तीजमा ….!!

०००
सिन्धुली ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x