बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

आधुनिक तीज

यिनीहरू दरभन्दा बढी कर खान्छन् रहर खान्छन् कहर खान्छन् सहर खान्छन् जहर खान्छन् ...... गाउँघर खाइरहेछन् संस्कृति संस्कार र परम्परा खाइरहेछन् ...... पचाइरहेछन् !

Nepal Telecom Spring Offer

गोपाल काफ्ले :

मधुरसको प्रतिस्पर्धा
मांस मछलीको मसलादार भोजन
मन मिल्दा
तन मिल्दा
उमेर मिल्दा
साथी सङ्गी
विपरीत लिङ्गी
पारदर्शी पहिरहन
काँचुली साइज कपडा
पहिरेर
भद्दा
कामुक
श्रृङ्गारका साथ
अर्काको यौवन मिसाएर मुछेर
कक्टेल बनाएर
जेठी
माहिली
साहिँली
काहिँली

कान्छीहरू मिलेर …।
दर खाए
सरदर पिए ..
दर खाइरहेछन्
दुई महिना अघिदेखि …..!

मलाई लाग्छ …
यिनीहरू दरभन्दा बढी
कर खान्छन्
रहर खान्छन्
कहर खान्छन्
सहर खान्छन्
जहर खान्छन् ……
गाउँघर खाइरहेछन्
संस्कृति संस्कार र परम्परा खाइरहेछन् …… पचाइरहेछन् !

डगी डान्स
हगी डान्स
र्‍याप डान्स
झ्याप डान्स
नाच्छन् …
तीज गीत भनेर …
पोइल जान पाऊँ . . …
मायालुले बोला छ बेलुका
जाऊँ कि नजाऊँ म … ?
हेर्ने हो र ? देखाइदिऊँ . … ?
गाउँछन् …

आफू व्रत बसेर
छोराछोरीलाई पत्रु खाना खुवाएर
श्रीमान्लाई शत्रु खाना खुवाएर
आयु बढाइरहेछन् …….!
तीज मनाइरहेछन् ……
आजकाल तीजमा ….!!

०००
सिन्धुली ।

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
कुकुरदेखि सावधान !

कुकुरदेखि सावधान !

गाेपाल काफ्ले
सरकार बदल्ने शिक्षक

सरकार बदल्ने शिक्षक

गाेपाल काफ्ले
मिस्त्री जेठो

मिस्त्री जेठो

गाेपाल काफ्ले
के के मन लाग्छ लाग्छ

के के मन लाग्छ...

गाेपाल काफ्ले
श्रीखण्ड

श्रीखण्ड

गाेपाल काफ्ले
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी
हाम्रो स्वाभिमान

हाम्रो स्वाभिमान

नदी भट्टराई
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने