साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सास्ती र मस्तीको मेलो

योग्यता र क्षमताले काम पाइँदैन भन्ने छैनन् सेता नेता खाम चाहिँदैन । कुम्ल्याउन पाएसम्म दुनो सोझो पार्छन् सीधासादा जनलाई सुम्ल्याएर मार्छन् ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

जेठा छोरा चतुर्वेदी, माइला इन्जिनियर
साइला छोरा ओकिल छन् काइँलाचाहिँ डाक्टर ।
ठाइँला विद्या-वारिधि हुन् कान्छा भए चोर
सबै भए बेरोजगार चोर परमेश्वर ।

फटाहाले पालेका छन् ऐले परिवार
लुटाहाले लुटेका छन् गर्दै वारपार ।
लेखापढी जान्ने सुन्ने भएका छन् भार
बेकारका कारजस्ता बने सरकार ।

ईश्वर दाहिना भए पनि सम्धी हुनुपर्ने
सम्धी नाता परेपछि पद, पैसा झर्ने ।
साला, साली, फुपू पर्ने भएका छन् ठूला
छोरा, छोरी, बुहारीका बुबा छैनन् लुला ।

योग्यता र क्षमताले काम पाइँदैन
भन्ने छैनन् सेता नेता खाम चाहिँदैन ।
कुम्ल्याउन पाएसम्म दुनो सोझो पार्छन्
सीधासादा जनलाई सुम्ल्याएर मार्छन् ।

कोरोनाको कहरमा कुम्ल्याउन थाले
पन्छाउन, मन्छाउन रातो भाले ढाले ।
लकडाउन लगाएर भएका छन् डाउन
डाउन मात्र भए हुने, खाने भए टाउन ।

जनता छन् सास्तीको सास्तीमा
नेताचाहिँ मस्तीको मस्तीमा ॥

०००
‘जहाँ छन् बुद्धका आँखा’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x