साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सास्ती र मस्तीको मेलो

योग्यता र क्षमताले काम पाइँदैन भन्ने छैनन् सेता नेता खाम चाहिँदैन । कुम्ल्याउन पाएसम्म दुनो सोझो पार्छन् सीधासादा जनलाई सुम्ल्याएर मार्छन् ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

जेठा छोरा चतुर्वेदी, माइला इन्जिनियर
साइला छोरा ओकिल छन् काइँलाचाहिँ डाक्टर ।
ठाइँला विद्या-वारिधि हुन् कान्छा भए चोर
सबै भए बेरोजगार चोर परमेश्वर ।

फटाहाले पालेका छन् ऐले परिवार
लुटाहाले लुटेका छन् गर्दै वारपार ।
लेखापढी जान्ने सुन्ने भएका छन् भार
बेकारका कारजस्ता बने सरकार ।

ईश्वर दाहिना भए पनि सम्धी हुनुपर्ने
सम्धी नाता परेपछि पद, पैसा झर्ने ।
साला, साली, फुपू पर्ने भएका छन् ठूला
छोरा, छोरी, बुहारीका बुबा छैनन् लुला ।

योग्यता र क्षमताले काम पाइँदैन
भन्ने छैनन् सेता नेता खाम चाहिँदैन ।
कुम्ल्याउन पाएसम्म दुनो सोझो पार्छन्
सीधासादा जनलाई सुम्ल्याएर मार्छन् ।

कोरोनाको कहरमा कुम्ल्याउन थाले
पन्छाउन, मन्छाउन रातो भाले ढाले ।
लकडाउन लगाएर भएका छन् डाउन
डाउन मात्र भए हुने, खाने भए टाउन ।

जनता छन् सास्तीको सास्तीमा
नेताचाहिँ मस्तीको मस्तीमा ॥

०००
‘जहाँ छन् बुद्धका आँखा’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x