गाेपाल काफ्लेजय शिव …कता होला ?
“अरु सुधार्नेले पहिले आफू सुध्रिनुपर्छ अरु उधार्नेले पछि आफू उध्रिनुपर्छ पृथ्वी गोलो छ पालो घुमेर आउँछ . ... अरुलाई बिगार्ने पछि आफू बिग्रिनुपर्छ” ।

गोपाल काफ्ले :
जय शिव शङ्कर भोला ..
आजकाल त्यो कता होला ?
“तास खेलेर दिन बिताउथ्यो
घर गएर स्वास्नी सताउथ्यो
सुको कमाइ नगर्ने त्यो लन्ठू
आफूलाई जान्ने सुन्ने बताउथ्यो !”
“जय शिव शङ्कर भोला ..
आजकाल त्यो कता होला ?”
“दिनभरी कुकुरको पुच्छर बन्थ्यो
पुच्छरले नै कुकुर हल्लाउँछ भन्थ्यो
बेलुका कुकुरकै मुत धोकेर आई
घरका र छिमेकीको खोइरो खन्थ्यो !”
जय शिव शङ्कर भोला ..
आजकाल त्यो कता होला ?
“कुकर्म अति नै गरेको थियो
लाजले बसाइँ सरेको थियो
कुकुरले नपाएको दुःख पायो रे
दुराचारी तराईतिर झरेको थियो …..!”
जय शिव शङ्कर भोला ..
आजकाल त्यो कता होला ?
“परिवारलाई बाह्र गाउँ घुमायो रे
भएको झिटीझ्याम्टी सबै गुमायो रे
बेइज्जतका मात्रै खबर सुनिन्थ्यो …
कन्या काण्डमा पुलिसले समायो रे !”
जय शिव शङ्कर भोला ..
आजकाल त्यो कता होला ?
“उसलाई जाँडले खायो कि खाएन होला ?
उसको मनले शान्ति पायो कि पाएनहोला ?
ऊ जिउँदोसम्म त हुनुपर्ने हो अहिले सम्म पनि
त्यो बानीले उसलाई उँभो लायो कि लाएन होला ?”
जय शिव शङ्कर भोला ..
आजकाल त्यो कता होला ?
“अरु सुधार्नेले पहिले आफू सुध्रिनुपर्छ
अरु उधार्नेले पछि आफू उध्रिनुपर्छ
पृथ्वी गोलो छ पालो घुमेर आउँछ . …
अरुलाई बिगार्ने पछि आफू बिग्रिनुपर्छ”
“जय शिव शङ्कर भोला ….
आजकाल त्यो कता होला ?”
हजुरको तिर आइपुग्या’छ त ….
(‘त्यो’ पात्र पूर्ण काल्पनिक हो, संयोगवश मिल्न गएमा म म भन्नुहोला … )
धन्यवाद !
०००
हेटौंडा ।
Subscribe
Login
0 Comments
Oldest







































