साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के यो देशमा सरकार छ ?

यो देशमा छ सरकार कि छैन खोई आक्रान्त छन् जनहरू हर रात रोई बाँच्ने यहाँ छ तरिका कि कुनै बताऊ यो कष्टबाट अब ता द्रुत पार लाऊ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

जाडो छ पालमुनि बास छ बालबच्चा
के छेक्न सक्छ ठिहिरो झुपडी छ कच्चा
चर्किन्छ घाउ तनमा मनभित्र चोट
दुर्बुद्धि शासकहरू भरिपूर्ण खोट ।१

चोरिन्छ पाल पथमा बलका कमाल
जोरिन्छ थाल सुनका घरमा बबाल
नेता बनेर दिन रात बिटो बुझेका
नेतृत्व भ्रष्ट मति मालिक छन् पुजेका ।२

बाटो खनाउन जुटे तर हुन्छ आधा
बाटो बनाउन जुटे अनिकाल खादा
पैसा जतातिर मिल्यो पछि लाग्दछन् यी
आयो चुनाव अनि जुर्मुर जाग्दछन् यी ।३

ध्याउन्नमा छ सरकार कहाँ कमाऊँ
पैसा र पावर हुने कुन हुन्छ ठाउँ
सत्ता टिकाउन हजार उपाय काता*
सङ्कष्टमा जन परे तर ढुक्क नेता ।४

आफ्नै शरीरभरि अग्नि गरेर दाह
मर्छन् उपाय नहुँदा छ कथा अथाह
कोही तयार छ उतातिर बेच्न किड्नी
नेता उडे सयर गर्न मकाउ सिड्नी ।५

हात्ती नपाल भनियो तर आज आई
लाखौं ठुटे नृपति छन् र गरे रजाइँ
आँखा छ तापनि यहाँ त विवेक छैन
लङ्का अनाहक जलेर त भष्म हैन ।६

सारा गए युवक ती परदेशतर्फ
चाहन्छ राज्य पर ठेल्न छिटै न फर्क
छन् काण्ड लाख तर ढाक र छोप गर्दै
सत्ता सुतेछ निँद छैन तथापि घुर्दै ।७

यो देशमा छ सरकार कि छैन खोई
आक्रान्त छन् जनहरू हर रात रोई
बाँच्ने यहाँ छ तरिका कि कुनै बताऊ
यो कष्टबाट अब ता द्रुत पार लाऊ ।८
•••
शब्दार्थ -काता =जोगिने दाउ

०००
हाल -बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x