साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिवादी बयान

मान्छेका नाममा तिमीले मलाई दिने सजायले सजायको पनि अपमान हुनसक्छ ! एक छिन सोच म वृकासुर ! आफ्नो अहङ्कारले खरानी भएको मलाई तिमी कस्तो सजाय दिन्छौ !

Nepal Telecom ad

ठाकुर बेलवासे :

मैले देखिरहेको छु
तिम्रो मुठ्ठीमा
कालो मोसो
अनि प्रलय बोकेका
तिम्रा आँखा
एकछिन पर्ख
एकछिन टाढै बस
धैर्य भएर सुन
मेरो बयान
देश र जनताको भविष्य बेचेको
अपराधले कालो पोतिएको
मेरो अनुहार
आज मेरै सन्तानले नचिन्ने भएको छ
विरूप बनेको अनुहारमा
तिमीले कालो पोत्नु अघि
इज्जत राख
तिम्रा औँलाको !
मानवताका विपक्षमा उम्रिएका विषवृक्ष
फाँड्नका लागि मैले बोकेको
धारिलो हँसिया
आज तिम्रो हातमा देखिरहेको छु
हतार नगर
एकछिन टाढै बस !
आफैले भोगेको समयलाई मार्नका लागि
म आफै विषवृक्ष भएर उभिन खोज्दा
बेइमानीको हतियारले
मेरो गर्धन उहिल्यै छिनिएको हो
म मुर्कट्टा बाँचिरहेको छु
म माथि हँसिया प्रहार गर्नु अघि
गर्व जोगाइराख
तिमीले बोकेको हतियारकोे
तागत बचाइराख
तिम्रा पाखुराको !
उर्जाशील जीवनमा मैले बोकेको
हथौडा
बोकेर तिमी
मतिर आइरहेका छौ
हतार नगर
एकछिन रोक आफूलाई !
आफ्नै अपराधको भारीले
मेरा नलीहाड
ट्क्राटुक्रा भएका छन्
ममाथि प्रहार गर्नु अघि
सोच
सान जोगाइराख
तिमीले बोकेको हथौडाको !
आफ्नै चेतनाको निर्देशनपछि
मैले बोक्दै आएको झण्डाको
जुलुस बोकेर
तिमी म तिर आइरहेका छौँ
एक छिन् सम्हाल आफूलाई !
आफूलाई अधिपति सम्झिएर
देशमाथि गरेको पापले
म फत्याकफुतुक भएको छु
आफ्नो जीवन आफैलाई गन्हाएर
ढलमा परिणत ममाथि
झण्डाको पासो लगाउनु अघि
सोच
हजार पटक सोच
तिमीले बोकेको झण्डाको
गर्व बचाइराख
पवित्र जुलुसको !
जनताका सपनाका कथाले
अनि देशको सुन्दर भविष्यको कल्पनाले
भरिएका पुस्तकका
भर्‍याङ बनाएर जीवनका उचाइहरू चढँे
आज ती पुस्तक
मेरा सबैभन्दा घृणाका वस्तु बनेका छन्
तिमी तिनै पुस्तकका तिलस्मी अक्षरहरूमा
आगो भरेर
मतिर आइरहेका छौँ
पर्ख एकछिन पर्ख
यो एकबारको जुनीमा मैले
कुकृत्यको आगोको नदीे आफै उमारेको थिएँ
म त्यही आगोमा जलेर खरानी भइसकेको छु !
पवित्र राख
तिमीले बोकेको आगोलाई
भविष्यको लागि सुरक्षित गर
जीवनजस्ता ती पुस्तकहरूलाई !
यो देशको
म प्रतिवादीे !
अभियुक्त सिङ्गो समयको
मानवता विरुद्धका अपराधले
कङ्कालमा परिणत म
मान्छे रहेको छैन
मान्छेका नाममा तिमीले मलाई दिने सजायले
सजायको पनि अपमान हुनसक्छ !
एक छिन सोच
म वृकासुर !
आफ्नो अहङ्कारले खरानी भएको मलाई
तिमी कस्तो सजाय दिन्छौ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
सत्यलाई माफी

सत्यलाई माफी

ठाकुर बेलबासे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x