साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्मगुरुहरू

समयको लासमाथि सुतेर धर्मगुरुहरू ईश्वर र धर्मालम्बीसँगै समयलाई लखेटीलखेटी मारिरहेका छन् के तपाईं धर्मगुरुहरूको सङ्गत विना मानवीय बाँचेर भगवान जस्तो देखिन सक्नुहुन्न ?

Nepal Telecom ad

ठाकुर बेलवासे :

देब्रे हातमा शास्त्र
र दाहिने हातमा अश्त्र बोकेका धर्मगुरुहरूले
शास्त्रका पवित्र श्लोक वाचन गर्दै
पड्काएको बन्दुकको गोलीले
धर्मालम्बीहरू मारिएका मारिएकै छन्
उसै गरी मारिएका छन्, ईश्वरहरू पनि !

फेरि पनि मानिसहरूमा
धर्मगुरुहरूको आतङ्कको त्रास कतै सुनिँदैन
अश्त्रधारी धर्मगुरुहरूको जमात बढेको देखेर
बचेका भगवानहरू भने भागिरहेका छन्
तर
बाँकी जीवित धर्मालम्बीहरू भने मर्न लामबद्ध छन्

धर्मगुरुहरू
साँझविहान
आरतीसंँगै बन्दुक पड्काएर
शान्तिको अनुष्ठान गरिरहेका छन्
भक्तहरूलाई बारुदको टीका लगाइदिएर
दीर्घायुको कामना गरिरहेका छन्

कुनै क्रूर शासकले जनता मारेको
कुनै पृथकतावादीले मानिसको हत्या गरेको
खबरको त्रास सनसनी हुन्छ
मानिसको मनमा त्रासको आँधी चल्छ
तर
हर क्षण मान्छे
र मान्छे भित्रको ईश्वर हत्याको
न खबर बन्छ
न त्रास फैलिन्छ, मानिसको मनमा

एक हातमा धर्मग्रन्थ
र अर्को हातमा तरवार बोकेर
धर्मगुरुहरू
हरेक पल मार हानिरहेका छन्
सिङ्गो समयको गर्दनमाथि

समयको लासमाथि सुतेर
धर्मगुरुहरू
ईश्वर र धर्मालम्बीसँगै समयलाई
लखेटीलखेटी मारिरहेका छन्

के तपाईं
धर्मगुरुहरूको सङ्गत विना
मानवीय बाँचेर
भगवान जस्तो देखिन सक्नुहुन्न ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
सत्यलाई माफी

सत्यलाई माफी

ठाकुर बेलबासे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x