डिल्लीप्रसाद मूलतिहुनधरोधर्म गर्छु (१५)
केकेन गरियो भन्दै थाल्छु खुसी मनाउन फेरि हुन्छ नयाँ काम आफ्ना मन्त्री बनाउन। यो काम सजिलो छैन तथापि गर्नु पर्दछ उस्तै परे विपक्षीको पाउमा पर्नु पर्दछ ।
डिल्लीप्रसाद मूलतिहुन :
अधर्म जाग्नुको अर्थ कुकर्म जुर्मुराउँछ 
कुकर्म जुर्मुराएमा विध्वंस नाच्न पाउँछ ।१४१।
विध्वंस नाच्नुको अर्थ सोझाबाँच्न नपाउनु
सोझा नबाच्नुको अर्थ गुन्डागर्दी जगाउनु।१४२।
गुन्डागर्दी भनेकोनै जोसुकै हेप्न पाउनु
यसरी हेप्नुको अर्थ मेरो विरोध आउनु।१४३।
यस्तो विरोधको अर्थ हुन्छ सत्ता ढलाउनु
सत्ता ढल्नु भनेकोनै मैले कुर्सी गुमाउनु ।१४४।
गोलीगठ्ठा सबै चल्छन् ढल्ने कुर्सी बँचाउन
राज्यकोष निखारिन्छ विरोधी तहलाउन।१४५।
विरोधी जोसिए मेरो सत्ता हल्लिन थाल्दछ
मेरो आत्मा हुँदा बाठो चोरबाटो अँगाल्दछ।१४६।
कुर्सी धरापमा पर्दा वार्ताको जाल फाल्छु म
विरोधीसँगनै खाने सुत्ने जुक्ति निकाल्छु म।१४७।
सम्झौता नामको घोडा राजी हुन्छु कुदाउन
यही घोडा विरोधीले कुदाउँछन् उदाउन।१४८।
केकेन गरियो भन्दै थाल्छु खुसी मनाउन
फेरि हुन्छ नयाँ काम आफ्ना मन्त्री बनाउन।१४९।
यो काम सजिलो छैन तथापि गर्नु पर्दछ
उस्तै परे विपक्षीको पाउमा पर्नु पर्दछ ।१५०।
क्रमशः
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































