साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घैँटोमा घाम

जान्दैनन् किन लोकले मुलुकको राम्रो नराम्रो पनि कस्तो सान थियो यहाँ विगतमा कस्तो छ ऐले भनी बस्छन् कंस पुजेर लोक किन हो भन्छन् उनै केशव घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

शिक्षा स्वास्थ्य समस्तका पहुँचमा आएन खै बेसमा
आयो रासन कार्डको न सुविधा हाम्रो यहाँ देशमा
जो छन् दक्ष युवा विदेश दगुरे खोज्दै ठुलो भैभव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥१

धोकेवाज अनेक मान पदमा घुस्दै गए बेसरी
पेवापात समान राष्ट्र धन यो खाए उछित्तो गरी
चिन्दैनन् अझसम्म लोक किन हो यस्ता ठुला दानव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥२

कोही बाघ बनेर देश जनता डस्छन् बिलोझैँ गरी
कोही गिद्ध बनेर लास जसरी ठुँग्छन् भुँडी बेसरी
रित्याए ढुकुटी र ब्रह्मलुट नै गर्दै गए झन् सब
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥३

ओरालोतिर झर्छ देश जहिले देखिन्न राम्रो गति
भ्रष्टाचार गरेर उच्च तहमा पारे उछित्तो अति
कुच्याए ऋणले समस्त जनता कुम्याउँदै वैभव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥४

जान्दैनन् किन लोकले मुलुकको राम्रो नराम्रो पनि
कस्तो सान थियो यहाँ विगतमा कस्तो छ ऐले भनी
बस्छन् कंस पुजेर लोक किन हो भन्छन् उनै केशव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x