साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घैँटोमा घाम

जान्दैनन् किन लोकले मुलुकको राम्रो नराम्रो पनि कस्तो सान थियो यहाँ विगतमा कस्तो छ ऐले भनी बस्छन् कंस पुजेर लोक किन हो भन्छन् उनै केशव घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

शिक्षा स्वास्थ्य समस्तका पहुँचमा आएन खै बेसमा
आयो रासन कार्डको न सुविधा हाम्रो यहाँ देशमा
जो छन् दक्ष युवा विदेश दगुरे खोज्दै ठुलो भैभव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥१

धोकेवाज अनेक मान पदमा घुस्दै गए बेसरी
पेवापात समान राष्ट्र धन यो खाए उछित्तो गरी
चिन्दैनन् अझसम्म लोक किन हो यस्ता ठुला दानव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥२

कोही बाघ बनेर देश जनता डस्छन् बिलोझैँ गरी
कोही गिद्ध बनेर लास जसरी ठुँग्छन् भुँडी बेसरी
रित्याए ढुकुटी र ब्रह्मलुट नै गर्दै गए झन् सब
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥३

ओरालोतिर झर्छ देश जहिले देखिन्न राम्रो गति
भ्रष्टाचार गरेर उच्च तहमा पारे उछित्तो अति
कुच्याए ऋणले समस्त जनता कुम्याउँदै वैभव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥४

जान्दैनन् किन लोकले मुलुकको राम्रो नराम्रो पनि
कस्तो सान थियो यहाँ विगतमा कस्तो छ ऐले भनी
बस्छन् कंस पुजेर लोक किन हो भन्छन् उनै केशव
घैँटोमा अब घाम लाग्छ कहिले जाग्छन् यहाँ मानव॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x