साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा भ्रमको अन्त्य

हामीलाई बाध्न धागो बनेको त्यस बेलाको त्यो समय उहिल्यै टुटेकाे हो चुँडिएकाे समय गाँस्ने सपनामा म सिसिफस नियति बाँच्न सक्दिन !

Nepal Telecom ad

ठाकुर बेलवासे :

त्यो समय स्वर्गीय सुखद् थियो
या भयानक दुःखद् !
यस बेला
पेल्सिलले लेखेका अक्षरहरू
इरेजरले मेटाए जस्तै
आजको समयले मेटाएकाे छु !
फेरि पनि
पेन्सिलले लेखिएका अक्षरजस्तो
तिम्रो धमिलो अनुहार
घरिघरि मेरा आँखामा किन आउँछ ?

त्याे समय
गुलाफी रङ्गीन थियाे
या निष्पट कालाे !
यति बेला
मसीले लेखेका अक्षरहरू
सेताे टिपेस्टले मेटाए झै
वर्तमान समयले मेटाएकाे छु !
फेरि पनि
चिसाे माैसममा खाेलाकाे खाेँचबाट
निस्किएकाे हुस्सुजस्ताे
तिम्रो चिसो सम्झना किन आउँछ ?

हामीलाई बाध्न धागो बनेको
त्यस बेलाको त्यो समय
उहिल्यै टुटेकाे हो
चुँडिएकाे समय गाँस्ने सपनामा
म सिसिफस नियति बाँच्न सक्दिन !

अब
निश्चितरूपमा
एउटा भ्रमबाट मुक्त हुनै पर्छ !
तिमीले मलाई होइन
समयलाई प्रेम गरेका थियौं !
“समयलाई प्रेम गर्ने मानिस कहिल्यै असफल हुँदैन !”
तिमीले पटकपटक भनेको खुब सम्झन्छु !

हो
आज तिमी सफल छौँ
म भने
तिम्रो सफलता हेर्दैहेर्दै
चीर निद्रामा निदाउने उपाय खोजिरहेको छु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x