ठाकुर बेलबासेएउटा भ्रमको अन्त्य
हामीलाई बाध्न धागो बनेको त्यस बेलाको त्यो समय उहिल्यै टुटेकाे हो चुँडिएकाे समय गाँस्ने सपनामा म सिसिफस नियति बाँच्न सक्दिन !

ठाकुर बेलवासे :
त्यो समय स्वर्गीय सुखद् थियो
या भयानक दुःखद् !
यस बेला
पेल्सिलले लेखेका अक्षरहरू
इरेजरले मेटाए जस्तै
आजको समयले मेटाएकाे छु !
फेरि पनि
पेन्सिलले लेखिएका अक्षरजस्तो
तिम्रो धमिलो अनुहार
घरिघरि मेरा आँखामा किन आउँछ ?
त्याे समय
गुलाफी रङ्गीन थियाे
या निष्पट कालाे !
यति बेला
मसीले लेखेका अक्षरहरू
सेताे टिपेस्टले मेटाए झै
वर्तमान समयले मेटाएकाे छु !
फेरि पनि
चिसाे माैसममा खाेलाकाे खाेँचबाट
निस्किएकाे हुस्सुजस्ताे
तिम्रो चिसो सम्झना किन आउँछ ?
हामीलाई बाध्न धागो बनेको
त्यस बेलाको त्यो समय
उहिल्यै टुटेकाे हो
चुँडिएकाे समय गाँस्ने सपनामा
म सिसिफस नियति बाँच्न सक्दिन !
अब
निश्चितरूपमा
एउटा भ्रमबाट मुक्त हुनै पर्छ !
तिमीले मलाई होइन
समयलाई प्रेम गरेका थियौं !
“समयलाई प्रेम गर्ने मानिस कहिल्यै असफल हुँदैन !”
तिमीले पटकपटक भनेको खुब सम्झन्छु !
हो
आज तिमी सफल छौँ
म भने
तिम्रो सफलता हेर्दैहेर्दै
चीर निद्रामा निदाउने उपाय खोजिरहेको छु ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































