साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कटु- सत्य

अर्काको भूमिलाई, रगत र पसिना, अर्पिँदा मात्र दाम आफ्नै धर्ती दिने छिन्, धन सुन मणि ती, कस्सिए गर्न काम ।

Nepal Telecom ad

हृषीकेश बराल :

छैनन् छोरा बुहारी, प्रिय जन घरमा, बाबुआमा रुँदैछन्
वृद्धावस्था हुनाले, तन शिथिल भई, कष्टले आत्तिँदैछन् ।
दिन्नन् कोही सहारा, हृदय जलिरहे, देहमा रोग लाग्दा
छैनन् जन्ती मलामी, वरपर अहिले, गाउँमा बस्न छाड्दा ॥१

खाली छन् खेतबारी, कृषि उपज हुने, ठाउँमा घाँस आयो
रित्तै छन् गाउँ सारा, नवयुवकहरू, जान थाले कता हो ।
खोज्दैछन् राहदानी, दिनहुँ युवक ती, छाड्न थाले स्वदेश
यो कस्तो दुर्दशा हो, श्रमिक हुन सबै, जान खोज्छन् विदेश ॥२

पढ्दा खाई नखाई, श्रम र ऋण गरी, उच्च शिक्षा छिचोले
पाइन्नन् रोजगारी, अवसर कहिल्यै, छैन भन्छन् युवाले ।
पीडादायी अवस्था, प्रतिदिन रहँदा, बाँच्न गाह्रो हुँदैछ
साह्रै दिग्दार लाग्दा, मन मुटु सहितै, देह आत्मा रुँदैछ ॥३

अर्काको भूमिलाई, रगत र पसिना, अर्पिँदा मात्र दाम
आफ्नै धर्ती दिने छिन्, धन सुन मणि ती, कस्सिए गर्न काम ।
गर्छाैँ बिन्ती सबैमा, नवयुवकहरू, देशमा फर्क आऊ
उद्योगी बन्न सक्छौ, सकल युवक हो, शिल्प जे छन् समाऊ ॥४

धेरै पैसा कमाई, सतत जिउँछ को, कालले घूस लिन्न
कात्रोमा हुन्न खल्ती,सुरपुर लगिने, पुण्य हो वस्तु हुन्न ।
सारा ऐश्वर्य छाडी, गमन पर हुँदा, बाँसको हुन्छ गाडी
छाडी सन्तान सारा, अवनितल यतै, जान्छ एक्लै अगाडि ॥५

०००
पोखरा- २६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x