सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

एक उज्यालो परिवर्तनको प्रतीक्षामा विस्थापित गरिन्छ कसिङ्गर तैपनि भोलि बिहानै स्मृति-विस्मृति बीचको संधि भएर फेरि आँखामा झुल्किन आई नै पुग्छ कसिङ्गर ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

निम्त्याउदैन कसैले – तैपनि
वाह- वाह भन्नुस् कि छ्या छ्या
आँखामा आई नै हाल्छ कसिङ्गर ।

धनीको कसिङ्गरमा गाजलको तह हुन्छ,
गरीबको कसिङ्गरमा
सुँक्कसुँक्क आँसुको बह हुन्छ ।
बिहानै आँखा धोएर बगाइदिन्छन्
किन कसैले राख्दैनन् जोगाएर
दुःख-सुखको साथी – यो कसिङ्गर ।

क्षोभको होस् कि लोभको,
आउँछ सबैको एक जस्तै कसिङ्गर ।
नयन चितवनलाई दिन उज्ज्वलता,
बिहानै जसले सम्हाल्छ कमान ससम्मान,
ऊ हो कसिङ्गर ।

एक उज्यालो परिवर्तनको प्रतीक्षामा
विस्थापित गरिन्छ कसिङ्गर
तैपनि भोलि बिहानै
स्मृति-विस्मृति बीचको सन्धि भएर
फेरि आँखामा झुल्किन
आई नै पुग्छ कसिङ्गर ।
कसिङ्गरको न त कसैको आँखा
धमिल्याइरहने चाहना हुन्छ
न त आँखामा
बिझाइरहने चाहना हुन्छ,
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

०००
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

पहिले जस्तो किन हुँदैन...

लक्ष्मण नेवटिया
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
चार ठोक्तक

चार ठोक्तक

लक्ष्मण नेवटिया
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल