साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

एक उज्यालो परिवर्तनको प्रतीक्षामा विस्थापित गरिन्छ कसिङ्गर तैपनि भोलि बिहानै स्मृति-विस्मृति बीचको संधि भएर फेरि आँखामा झुल्किन आई नै पुग्छ कसिङ्गर ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

निम्त्याउदैन कसैले – तैपनि
वाह- वाह भन्नुस् कि छ्या छ्या
आँखामा आई नै हाल्छ कसिङ्गर ।

धनीको कसिङ्गरमा गाजलको तह हुन्छ,
गरीबको कसिङ्गरमा
सुँक्कसुँक्क आँसुको बह हुन्छ ।
बिहानै आँखा धोएर बगाइदिन्छन्
किन कसैले राख्दैनन् जोगाएर
दुःख-सुखको साथी – यो कसिङ्गर ।

क्षोभको होस् कि लोभको,
आउँछ सबैको एक जस्तै कसिङ्गर ।
नयन चितवनलाई दिन उज्ज्वलता,
बिहानै जसले सम्हाल्छ कमान ससम्मान,
ऊ हो कसिङ्गर ।

एक उज्यालो परिवर्तनको प्रतीक्षामा
विस्थापित गरिन्छ कसिङ्गर
तैपनि भोलि बिहानै
स्मृति-विस्मृति बीचको सन्धि भएर
फेरि आँखामा झुल्किन
आई नै पुग्छ कसिङ्गर ।
कसिङ्गरको न त कसैको आँखा
धमिल्याइरहने चाहना हुन्छ
न त आँखामा
बिझाइरहने चाहना हुन्छ,
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x