साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी निदाऊँ ?

यो देशमा असल पुष्प लता उमारूँ सद्भाव शान्ति रसका बिरुवा म सारूँ नेपाल नाम अब चम्किनु पर्छ फेरि साहित्यकार पनि जाग नहोस् अँधेरी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

पुर्खाहरू सबल राष्ट्र बनोस् भनेर
पानीबिना पनि लडे रणमा भिडेर
गिर्दो छ साख अहिले कुन गीत गाऊँ
यस्तो व्यथा मुलुकमा छ कता निदाऊँ ।१

सर्वोच्च यो शिखरको गरिमा बढाऊँ
यो राष्ट्रगान अझ सानसँगै म गाऊँ
यो राष्ट्रका विषय दोष तुरुन्त नास्न
इच्छा छ यो हृदयमा सबसाथ हाँस्न ।२

उल्लास यो समयले दिन सक्नुपर्थ्यो
आनन्दको पथ यता अझ खोल्नुपर्थ्यो
यो देशको असल उन्नति देख्न पाए
भन्ने थियो मनमनै तर हाय! हाय! ।३

नाङ्गा पहाड तनका कपडा झरेका
यस्ता अचम्म परिदृश्य हुने गरेका
भन्छन् अझै सुदृढ देश बनाउने हो
बर्सिन्छ आँसु कसरी म निँदाउने हो ।४

पानी सुकेर सब मूल कुवा इनार
छन् दीन रुग्ण घर गाउँ कथा हजार
छन् आसमा अब त फर्क गरी पुकार
फर्की छिटो सपुतले सपना सुधार ।५

सत्ता र स्वार्थ बटुली जन भाँड्न खोज्ने
काला विचार पर फाल प्रपञ्च रोज्ने
छन् गाउँ रिक्त अहिले टहरा र गोठ
लौ साहसी जन उठौँ र गरौँ अठोट ।६

यो देशमा असल पुष्प लता उमारूँ
सद्भाव शान्ति रसका बिरुवा म सारूँ
नेपाल नाम अब चम्किनु पर्छ फेरि
साहित्यकार पनि जाग नहोस् अँधेरी ।७

०००
हाल बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x