साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिन्ती छ देशघात नगर

तिमी नेता बन । सरकार चलाऊ । तिमी झोले बन । हाकिम बन । आफ्नो लागि जे जे बन्छौ बन ! तर बिन्ती, देशघाती विभिषण नबन । पुर्खाको स्वाभिमानमा बन्चरो नहान !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

भैगो,
तिमी सरकार चलाउ !
म गाउँ मै बस्छु,
पसिना बहाउछु ।

सरकारमा चलाउदा तिमीलाई,
भन्सारमा सेटिङ्ग मिलाउन सजिलो हुन्छ !
सरकारी जग्गा हडप्न मेसो मिल्छ !
सुशासनको कुरा गरेर,
कमिसनको जाल बुन्न सहज हुन्छ !

भैगो,
तिमी नेता नै बन !
म अरबको खाडीमा गएर,
भेडा गोठालो बन्छु ।

नेता हुँदा तिमीलाई,
अपराध लुकाउन सजिलो हुन्छ,
ठेक्का पट्टा दिन, लिन सहज हुन्छ !
कानूनलाई हातमा लिएर
आफ्नालाई उन्मुक्ति दिन र
बिरोधिलाई ठोक्न पाइन्छ !

भैगो,
तिमी राजनीतिक झोले नै बन !
म पसिना बगाएर,
आफ्नै पौरख खान्छु ।

झोले हुँदा तिमीलाई,
सोझा जनतालाई धम्क्याउने बाटो खुल्छ ।
कमिसन र हप्ता उठाउन मेसो मिल्छ ।
काम गर्नु पर्दैन,
लुटेर खान पाइन्छ ।

भैगो,
तिमी हकिम नै बन ।
म सडकछाप,
बेरोजगार बनुँला ।

हाकिम हुँदा तिमीलाई,
नीति कानून मर्काउन सजिलो हुन्छ ।
नेताको भरिया भएर,
मालदार अड्डामा जाने बाटो खुल्छ ।

तिमी नेता बन ।
सरकार चलाऊ ।
तिमी झोले बन ।
हाकिम बन ।
आफ्नो लागि जे जे बन्छौ बन !
तर बिन्ती,
देशघाती विभिषण नबन ।
पुर्खाको स्वाभिमानमा बन्चरो नहान !

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x