साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी स्कुलको मास्टर

स्कुलमा जान मन लाग्दैन खाना खान मन लाग्दैन अफिसमा पुगेर पालेलाई झाँको झार्छ आधा समय बितेपछि उसलाई पढाउन जानुपर्ने कुरा थाहा हुन्छ ऊ टाउको दुखेको निहुँ गर्छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

सरकारी स्कुलको मास्टर
लरबरिँदै आउँछ
र मेचमा थचक्क बस्छ
हाजिर खातामा आँखा पुर्‍याउँछ
र दश बजाउँछ
उसको सरले त्यसै गरेको
उसले देखेको थियो
ऊ पनि त्यसै गर्छ
कहिले सोफामा सुत्छ
कहिले टेबल माथि खुट्टा राख्छ
ऊ अल्छी गर्दै कक्षामा जान्छ
कुर्सीमा थचारिन्छ
र निर्देशन ठोकेर उघ्न थाल्छ
उसलाई पेन्सन पकाउन
जागिरमा अल्झिरहनु छ
ऊ आफूसँग पनि खुसी छैन
उसलाई जस अपजसको मतलब छैन
जब घन्टी बज्छ जुरुक्क उठ्छ
जीउ मर्काउँछ
घरी नाक कोट्याउँछ
घरी टाउको कन्याउँछ
विद्यार्थीसँग रिसाउँछ
मुर्मुरिँदै कक्षा बाहिर निस्कन्छ
उसलाई सरकार मन पर्दैन
किनकि सरकारले तलब बढाएन
उसको पढाउने शैली बदलिएको छ
उसलाई टाउको मात्र दुखिरहन्छ
स्कुलमा जान मन लाग्दैन
खाना खान मन लाग्दैन
अफिसमा पुगेर
पालेलाई झाँको झार्छ
आधा समय बितेपछि
उसलाई पढाउन जानुपर्ने कुरा थाहा हुन्छ
ऊ टाउको दुखेको निहुँ गर्छ
र मस्त सुत्छ
किनकि ऊ
सरकारी स्कुलमा छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x