साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरका खन्ती

जता मल्खु उतै ढल्कु आदर्श छाँट्न सक्छ छोराछोरी सबैलाई सहजै ढाँट्न सक्तछ ॥ चोरकै लागि यो मेरो कविता भो समर्पण चोरका खन्तीको धेरै नगरूँ अब वणर्न ॥

Nepal Telecom ad

होम सुवेदी :

दुष्कर्मी भ्रष्टका भिन्नै हुन्छन् संसारमा कला
खिर्राका रुखमा फल्छन् तिनका लागि सुन्तला ॥

न सम्बन्ध कतै हेर्छन् न आमा बाबुको मुख
उनका लागि हो मान्छे पैसा फल्ने ठुलो रुख ॥

जता पैसा उतै जान्छ भ्रष्टजीव घरी घरी
त्यसको धर्म नै हुन्छ बाटाको बाबियो सरि ॥

घुम्ने मेच जसै पायो धपक्क भ्रष्ट बल्दछ
उसको हातमा मानौँ जादूको छडी चल्दछ ॥

पैसामा भन्कने गर्छ नभए त्यो गनाउँछ
चालिसै नपुगी मानौँ भत्ता खाने बनाउँछ ॥

पैसा हो उसको नाता पैसाकै अन्ध भक्त छ
के हुन्न उसका साथ जे पनि गर्न सक्तछ ॥

उसकै जादूले गर्दा पूज्य मान्छे यहाँ बने
सेकुवा दारुले टन्न भुँडी भर्न सक्यो भने ॥

आयु लिङ्ग सबै फेर्ने क्षमता भित्र आउँछ
छोलाई अझै बाबु भन्दा जेठो बनाउँछ ॥

जता मल्खु उतै ढल्कु आदर्श छाँट्न सक्छ
छोराछोरी सबैलाई सहजै ढाँट्न सक्तछ ॥

चोरकै लागि यो मेरो कविता भो समर्पण
चोरका खन्तीको धेरै नगरूँ अब वर्णन ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x