साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्षरहरूको आन्दोलन

आफ्ना यी अधिकारका विषयमा बोल्दै नबोलीकन खोज्दै भ्रष्ट समाजका पयरमा आगो नपोलीकन के बस्छौ अब हेर अक्षरहरू आओ अगुल्टो लिन यो आन्दोलनभित्र शब्द बनियून् पुल्ठो उज्यालो दिन ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

सारा देश लुटेर टन्न ढुकुटी पारी बसेका थिए
राजाका अधिकार बञ्चित गरी गद्दी पसेका थिए
त्यो बेला पनि मौन बस्न नसकी बोली रहेका थिए
राणाका दरवारभित्र सबको सातो हरेका थिए ।१।

राजाका अधिकार वापस भए राणाहरू फालिए
पूरा देश उठ्यो समस्त जनका शङ्काहरू टालिए
राजा फेरि छिटै निरङ्कुश भए आशाहरू मारिए
त्यो बेला पनि हेर अक्षरहरू मैदानमा सारिए ।२।

अर्को सत्रसँगै निरङ्कुश बढ्यो हामी भयौँ जेलमा
धेरै कोसिस गर्न सम्म गरियो बन्दी थियौँ नेलमा
त्यो अठ्ठाइस होस् कि सैँतिस रहोस् यात्रा थियो भेलमा
राजाले पनि हारजीत नभनी छाडी दिए खेलमा ।३।

हाम्रै हात परे सबै मुलुकका राम्रा नराम्रा कुरा
जालो बुन्न हतारमा हुँडलिए नौला नयाँ माकुरा
सत्ताको रसपानमा भुलिगए चढ्ने कता टाकुरा
खुट्टा तान्न सिपालु रोप्छ कसरी विश्वासका आँकुरा ।४।

हो काङ्ग्रेस भयौँ समर्थन गर्याैँ राणा विरोधी बनी
हो कम्निस्ट भयौँ समर्थन गर्याैँ राजा विरोधी बनी
माओवाद भन्यौँ समर्थन गर्याैँ सत्ता विरोधी बनी
नेपाली कविता सबैतिर घुम्यो मत्ता विरोधी बनी ।५।

आफ्ना यी अधिकारका विषयमा बोल्दै नबोलीकन
खोज्दै भ्रष्ट समाजका पयरमा आगो नपोलीकन
के बस्छौ अब हेर अक्षरहरू आओ अगुल्टो लिन
यो आन्दोलनभित्र शब्द बनियून् पुल्ठो उज्यालो दिन ।६।

०००
झापा, हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x