साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनका गमलामा सुनकाे धान

धानका बोटमा फल्छ गतिलो धानको फल भनेर हामी गर्नेछौँ ताजा भाषण निर्मल ।। केही मान्छेहरु भन्लान् सुनको भात पाक्छ र ती मूर्खहरु हुन् हेर भनेको केही लाग्छ र ।।

Nepal Telecom ad

होम सुवेदी :

सुनका गमला ल्याई सुनैको धान रोप्नु छ
विकासेहरूको नाम सिलामा अब खोप्नु छ ।।

असार पन्ध्र हो आज बेठी भव्य लगाउँछौँ
सुनका गमला धेरै पारिबाट मगाउँछौँ ।।

सुनजस्तै यहाँ हामी पँहेलो धान रोप्तछौँ
असार पन्ध्रको मौका हामीले आज छोप्तछौँ ।।

जसरी पनि खोजेर रोप्ने हो मार्सीको बिउ
स्वादिलो अति नै हुन्छ त्यसका साथमा घिउ ।।

असार पन्ध्रको मौका आज नै छोप्नु पर्दछ
होटेल सोल्टीमा पार्टी राखेर रोप्नु पर्दछ ।।

देश सम्पन्न यो हुन्थ्यो खुसी मान्छे हुने थिए
सुनका गमलाभित्र सुनकै धान रोपिए ।।

सुनले विश्व नै चल्छ सुनमै सास चल्दछ
सुनका गमलाभित्र सुनको धान फल्दछ ।।

सारै छ मलिलो माटो सुन फल्ने मधेशको
हाम्रो मात्र कहाँ हो र बढ्थ्यो इज्जत देशको ।।

फलाई सुनका धान जनता अब पाल्नु होस्
ल्याई मधेशको माटो गमलातिर हाल्नु होस् ।।

लाग्दैनन् सुनमा पुत्ली सुनका मार्सी धानमा
चुक्नु हुन्न कुनै मान्छे हाम्रो यो अभियानमा ।।

नभुल्नू खाममा पैसो हालेर गर्न अर्पण
पत्रुकारहरूलाई गर्नुपर्छ समर्पण ।।

केही दाम नटक्र्याई कसले गुन गाउँछ
टेलिभिजनमा हाम्रो अनि पो चित्र आउँछ ।।

धानका बोटमा फल्छ गतिलो धानको फल
भनेर हामी गर्नेछौँ ताजा भाषण निर्मल ।।

केही मान्छेहरु भन्लान् सुनको भात पाक्छ र
ती मूर्खहरु हुन् हेर भनेको केही लाग्छ र ।।

असार मासमा हाम्रो देशले यही माग्दछ
कृषिप्रधान यो देश उकालो तब लाग्दछ ।।

धान रोपाइँका साथ केही बीज छर्यौँ भने
हाम्रो इज्जत बढ्नेछ यति मात्र गर्यौँ भने ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x