साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छलाङे चिन्तन

छोटा छ्याङ्ग र छिद्र झ्याल जसरी पोसाक नाना थरी । पिज्जा या मम छन् चिकेनकरि छन् थुप्पा नयाँ बर्गरी ॥ मात्रै छन् स्तन-कञ्चुकी त पतला, उस्तै छ म्याडी पनि । ड्याडीमम्मि र अन्टिअङ्कल भनी बच्लान् त भाषा हरि ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

हाम्रा सुन्दर भेष बिर्सन गई, भिर्छाैँ विदेशी लुगा ।
टाई सूट र क्याप र्‍याप जतिले, हामी हुँदैछौँ लुला ॥
छोडी ईश्वर नामको सपथ नै, पाखण्डमा उल्किई ।
आफ्ना सुन्दर स्वस्थ संस्कृति मिची, बस्ने भयौँ रित्तिई ॥

दौरा औ सुरुवाल कोट फरिया, चोली मजेत्रो भुल्यौँ ।
टोपी अठ्जल मारबाड र फुली लाएर कस्तो खुल्यौँ ॥
आफ्नै सुन्दर भेष लाउन गए, सामन्त बन्छन् अरे ।
टाईसूट भिरेरमात्र अगुवा, के अग्रगामी भए ?

के हो अग्र र पश्च मार्ग बतुरा ? बुझ्दै नबुझ्ने भयौ ।
घोक्छौ राष्ट्रियवाद चङ्ख चतुरा, सुत्ला र पुत्ला बन्यौ ॥
नौला चाल र ढाल नक्कल हुँदा, आफ्नै पना बिर्सियौ ।
रोटी भट्ट मकै ढिँडो सब हिँड्यो झोलै विदेशी पियौ ॥

छोटा छ्याङ्ग र छिद्र झ्याल जसरी पोसाक नाना थरी ।
पिज्जा या मम छन् चिकेनकरि छन् थुप्पा नयाँ बर्गरी ॥
मात्रै छन् स्तन-कञ्चुकी त पतला, उस्तै छ म्याडी पनि ।
ड्याडीमम्मि र अन्टिअङ्कल भनी बच्लान् त भाषा हरि ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x