साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार छन् (५)

गर्छन् जात विभेद आज जसले आलाप बेकार छन् भत्ता वेतनमा सधैं ऋण लिने राजस्व बेकार छन् । अर्काका रचना स्वनाम दिइँदै छाप्छन् त बेकार छन् आफ्ना मानिस बेच्न उद्यत हुने चाण्डाल बेकार छन् ॥२४

Nepal Telecom ad

हृषीकेश बराल :

जाग्यो मोह गृहस्थ आश्रम भने सन्न्यास बेकार छन्
थुप्रो पुस्तकको छ पढ्न नछुने बानी त बेकार छन् ।
रोक्ता काम हुँदैन आय जसका विश्राम बेकार छन्
खोज्दा खान मिठो विना श्रम भने आलस्य बेकार छन् ॥२१

आफैं रक्षक नित्य भक्षक बने पापिष्ठ बेकार छन्
सक्तैनन् पुरुषार्थ गर्न कहिल्यै नामर्द बेकार छन् ।
पैसा फल्छ विदेशमा श्रम विना ठान्छन् त बेकार छन्
जो गर्छन् अपमान मान तिनले खोज्छन् त बेकार छन् ॥२२

क्षेत्री ब्राह्मण वैश्य शूद्र भनिने पाखण्ड बेकार छन्
जो गर्छन् कुभलो प्रतिष्ठित उनै बन्छन् त बेकार छन् ।
लाइन्नन् कपडा किनिन्छ जहिल्यै खर्चालु बेकार छन्
बिर्सी नैतिकता धनार्जित भए टिक्तैन बेकार छन् ॥२३

गर्छन् जात विभेद आज जसले आलाप बेकार छन्
भत्ता वेतनमा सधैं ऋण लिने राजस्व बेकार छन् ।
अर्काका रचना स्वनाम दिइँदै छाप्छन् त बेकार छन्
आफ्ना मानिस बेच्न उद्यत हुने चाण्डाल बेकार छन् ॥२४

हाँसी बोल्नु थियो रिसाउन पुगे जानिन्छ बेकार छन्
वैरी मित्र हितू चिने असल हो ठानिन्न बेकार छन् ।
राम्रो ज्ञान दिई महान् यदि भए को भन्छ बेकार छन्
आफैं मात्र जिऊँ अरू सब मरून् जो भन्छ बेकार छन् ॥२५
क्रमशः
जदौ

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x