साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृषभउत्पात

प्रभु छ ऊ सबको जब पस्तछ धक नलीकन चर्छ र बस्तछ ।। न त कुनै पनि मार्ग छ चाहिने न त कुनै पनि बार छ रोकिने न त कुनै पनि बन्धन बाँधिने छ बलसाथ छिरीकन आउने ।।

Nepal Telecom ad

रमेश खकुरेल :

जति चुटे पनि हुन्न हताहत
बरु चलाउँछ लात भटाभट
शिव महेश्वर छन् जब दाहिने
किन कुनै पनि पीर उसै लिने ।।

जति यतातिर आइज जो भनुन्
जति भुकीकन दारुणता छरुन्
छ अलमस्त यसै किन टेर्दछ
बरु निरीहहरूतिर हेर्दछ ।।

सिङ तिखो दिन खातिर तर्जन
स्वर कडा सुनिने खरगर्जन
अति वसायुत पीवर गर्दन
बल अपौरुष गर्दछ मर्दन ।।

जुनसुकै पनि खेत जहाँ रहोस्
फसल टन्न झुलेर यहाँ रहोस्
प्रभु छ ऊ सबको जब पस्तछ
धक नलीकन चर्छ र बस्तछ ।।

न त कुनै पनि मार्ग छ चाहिने
न त कुनै पनि बार छ रोकिने
न त कुनै पनि बन्धन बाँधिने
छ बलसाथ छिरीकन आउने ।।

शिव भनेर सुपूजित डामियो
गर भलो भनियो अनि छाडियो
तर यही किन भो यति लोलुप
वृषभ जात गरेछ कलङ्कित ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x