साइबर अपराध सम्बन्धी सचेतना सामग्री

करकाे करकर

साइकलमा पाङ्ग्रा छ घुमेपछि कर लाग्छ घुँडामा पनि पाङ्ग्रा छ घुमेपछि कर लाग्छ निदाए पनि घुर्न दिइँदैन, तिरेपछि घुरिनेछ कर नतिरी पुर्न दिइँदैन, तिरेपछि पुरिनेछ ।

Nepal Telecom ad

अनिल पौडेल :

करिब चार वर्षपछि जिनिस फेरियो ।
बाटोको कर पनि तिरेकै छ,
उता १ लाख पर्ने भटभटे यता ४ लाखमा किनेकै छ,
बेलाबेला पार्टपुर्जा पनि उतैको हालेकै छ,
उतैको तुर्को पिलार खच्चड पालेकै छ ।
कतै पनि सहज बाटो छैन,
कतै मान्छे फालेर भटभटे मात्रै एक्लै भाग्न खोज्छ,
उकालोमा नतानेर खुरुक्क ओरालोतिर पो लाग्न खोज्छ,
घरि झाँक्री जस्तो उफार्ने, घरि मन्द कमाउने
घरि बेतोड बड्किन खोज्छ, दाम्लो छैन समाउने
बाटोमा साउथ चाईना सी छ, झण्डै चुर्लुम्मै डुबिन्छ
बाटो डुब्यो समुद्रमा, कुपण्डोल हिँडेको टोकनडोल पुगिन्छ
कतै पौडिँदै जानुपर्ने, कतै दौडिँदै जानुपर्ने
कतै घिसार्दै, कतै लतार्दै
बेलाबेला खच्चडको कान बटार्दै
पाईन्ट सुर्केर तिघ्रामा पुर्‍याउने,
जुत्ता काँधमा भिर्नुपर्छ
बाइक कुदाउने त यस्तै हो
तर तपैँले कर चैँ तिर्नुपर्छ ।

बाइक त कुदाउनै पाको छैन
घिसार्दा पैतालाको पत्र गयो
नक्कली पाङ्ग्रो परेछ कि के हो
पैतालै जस्तो कसरी भयो !

आफ्नो पसिना गको गकै
ट्याङ्की पनि खाली भको भकै
उल्ले डुबायो, एल्ले डुबायो
खेलले डुबायो, तेलले डुबायो

कैले चिप्लेर नालीमै पसिन्छ
कैले थचक्क सडकमै बसिन्छ
जता भिर छ तेतै जान्छ यो कहाँ तर्किन्छ
कैलेकाहीँ त स्वाट्टै चिप्लेर जताबाट आको तेतै फर्किन्छ ।

करेली छैन, नाकी छैन
उफार्न, पछार्न बाँकि छैन
जहाँ ठोकियो, त्यहाँ रोकियो
खत्रा जिनिस भन्दै खुब खोकियो

तार छिन्यो, पारीबाट ल्याऊ
कलच पिलेट हिन्यो, पारीबाट ल्याऊ
उतैको तेल ढ्वाङमा खन्याऊ
२ हजारले भरिन्न टाउको कन्याऊ
गर्व लाग्छ…
पाङ्ग्रामा स्वदेशी हावा त भरिएको छ
समाप्त स्वाभिमान लिएर डुल्ने गरिएको छ

चिल्लो भएतिर लान खोज्यो खस्रो भएतिर जान खोज्छ
दोहोरो ज्यानको खच्चड परेछ नबिसाई कन खान खोज्छ
दौडाउन खोज्छु, लड्न खोज्छ
आफैँमाथि पो चढ्न खोज्छ
न दाम्लो छ घाँटीमा, न नाकी छ तान्नलाई
अगाडिबाट यसो हेर्छु ठीक पर्या छ यो हान्नलाई ।

सुतेको पनि कर लाग्छ
मुतेको पनि कर लाग्छ
उठेको पनि कर लाग्छ
चुठेको पनि कर लाग्छ
उत्तानो परौँ कर लाग्छ
घोप्टो परौँ कर लाग्छ
केही गरौँ कर लाग्छ
यत्तिकै मरौँ कर लाग्छ
हाटदेखि पाटसम्म
खाटदेखि घाटसम्म
पौडिँदादेखि दौडिँदासम्म
ढल्दादेखि बौरिँदासम्म
गाडीदेखि साडीसम्म
पाडीदेखि झाडीसम्म
साइकलमा पाङ्ग्रा छ घुमेपछि कर लाग्छ
घुँडामा पनि पाङ्ग्रा छ घुमेपछि कर लाग्छ
निदाए पनि घुर्न दिइँदैन, तिरेपछि घुरिनेछ
कर नतिरी पुर्न दिइँदैन, तिरेपछि पुरिनेछ

लाइसनको पनि कर लाग्ने
खच्चडको पनि कर लाग्ने
गुडाको पनि कर लाग्ने
उडाको पनि कर लाग्ने
बच्चाको पनि कर लाग्ने
किन बूढो भईस् ? कर लाग्ने
कर जति खर्लप्पै उतै जाने
यसो चुहिए चाट्ने, खाने
नेतालाई सधैँ तीन पाने
के भाको यो ए तेरिमा लाने !
मानेँ बाबा मैले यो देशलाई मानेँ ।

०००
माेरङ

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Lila Sapkota
Lila Sapkota
2 years ago

Lila

Lila Sapkota
Lila Sapkota
2 years ago

हाल काे परिस्थिति यस्तै छ सारै चित्त बुझ्दाे

Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
2
0
Would love your thoughts, please comment.x
()
x