साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र मुलुक

जहाज उँड्दछन् यहाँ परेन जल्न मानव सुधी सुधी मनुष्य छन् हुँदैन दुष्ट दानव छ राज्य राम राज्यझैँ हुँदैन भोक प्यासमा धनी धनी पहाडमा छ आर्त केन्द्र सम्ममा ॥

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

असाध्य भो विकासले हिमाल चुम्छझैँ भयो
रहेन दुःख देशमा अमेरिका सरी भयो
सुरक्ष बालबालिका परेन मर्न जङ्गल
न भोक प्यासका दुखी सुमङ्गलै सुमङ्गल ॥१ ॥

परेन मर्न आर्तले छ अस्पत्ताल आर्तको
हुँदैछ काम देशमा निस्वार्थ नै निस्वार्थको
बराबरी भए यहाँ न जात पात भेद छ
न दुःख भो यहाँ भनी विशेष खाल खेद छ ॥२ ॥

प्रशस्त बालबालिका कलेज सम्म टम्म छन्
छ आर्तको मुहारमा खुसी हुँदा अचम्म छन्
झरेन लास देशमा परेन दुःखको घडी
विकास त्यो पहाडमा हिमालमा छ झन् बढी ॥३ ॥

जहाज उँड्दछन् यहाँ परेन जल्न मानव
सुधी सुधी मनुष्य छन् हुँदैन दुष्ट दानव
छ राज्य राम राज्यझैँ हुँदैन भोक प्यासमा
धनी धनी पहाडमा छ आर्त केन्द्र सम्ममा ॥४ ॥

प्रपञ्च पञ्चको थियो अखण्ड देश भैदियो
सुखी भए दुखीहरू ढलेन देशको मियो
किलाहरू सबै रहे ढलेन देशको गजा
लुटेन देश शत्रुले टुटेन देश झन् मजा ॥५ ॥

०००
नागार्जुन ३, आदेश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x