साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोले बाबाको भजन

डोलेको भाइ डोलेको आरती गर्ने हो डोलेको आरती नगरौँ भोलेको अब गर्ने हो झोलेको झोलेको भाइ झोलेको आरती गर्ने हो झोलेको ॥

Nepal Telecom ad

होम सुवेदी :

आरती अति भो भोलेको
आरती अति भो भोलेको
अब गर्ने हो झोलेको
झोलेको भाइ झोलेको
आरती गर्ने हो झोलेको ॥

साँझ बिहानै घुम्दै छन्
आरती गर्दै झुम्दै छन्
अति भो आरती भोलेको
अब गर्ने हो झोलेको
झोलेको भाइ झोलेको
आरती गर्ने हो झोलेको ॥

शङ्ख र घन्ट बजाएर
के के हो के के गाएर
आरती अति भो भोलेको
अब गर्ने हो झोलेको
झोलेको भाइ झोलेको
आरती गर्ने हो झोलेको ॥

यिनको गर्दा के पायौँ
उल्टै हामी पछुतायौँ
बरू अब गर्ने चम्चेको
अथवा गर्ने झोलेको
झोलेको भाइ झोलेको
गर्ने हो आरती झोलेको ॥

यिनको आरती कति गर्ने
दान र दक्षिणा कति छर्ने
बरू अब गर्ने हो टोलेको
टोलेको भाइ टोलेको
आरती अति भो भोलेको
अब गर्ने हो झोलेको
झोलेको भाइ झोलेको
आरती गर्ने हो झोलेको ॥

आरती नगरौँ भोलेको
अब गर्ने हो झोलेको
झोलेको भाइ झोलेको
आरति गर्ने हो झोलेको ॥

शब्द मिठा मिठा घोलेको
सुन्दछ झोले बोलेको
झोलेको आरती हुन्न भने
गर्नू उसैका डोलेको
डोलेको भाइ डोलेको
आरती गर्ने हो डोलेको
आरती नगरौँ भोलेको
अब गर्ने हो झोलेको
झोलेको भाइ झोलेको
आरती गर्ने हो झोलेको ॥
इति झोले डोले टोले भजनमाला

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x