साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहो ! काला कौवा मुलुक भरका सल्बलाए

हिमाली मालीको जनम धरती स्वर्ग जस्तो बिघाती घातीको करतुत खुल्यो दुष्ट कस्तो हकी छैनन् स्वार्थी कलुष दिलका अन्कनाए अहो ! काला कौवा मुलुक भरका सल्बलाए ॥

Nepal Telecom ad

जगदीश्वर पोखरेल :

लुटेरा छन् धर्ती दिनदिन लुटे घातकीले
धसेका दाह्रा छन् छलफल गरी पातकीले
लिए सत्ता भत्ता कति छल गरी टन्न खाए
अहो ! काला कौवा मुलुक भरका सल्बलाए ॥१

खुराफाती गर्ने चतुर तरिका देखिँदै छ
खुराफाती चाला प्रतिदिन बुझी लेखिँदै छ
कुरा राम्रा गर्ने कपट दिलका खल्बलाए
अहो ! काला कौवा मुलुक भरका सल्बलाए ॥२

बजाए बज्ने हो टिनिनिनि सदा घन्ट रालो
सबैले चिन्दै छन् कति दिन लुकोस् खोट कालो
लखेट्दै घाती छन् भुवन भरमा चल्मलाए
अहो! काला कौवा मुलुक भरका सल्बलाए ॥३

विदेशी बोल्दै छन् हृदय घटमा लाज छैन
उतैको खाँदै छन् तलब यिनले गर्न चैन
चल्यो हल्ला सारा मुलुक भरमा डल्पलाए
अहो ! काला कौवा मुलुक भरका सल्बलाए ॥४

हिमाली मालीको जनम धरती स्वर्ग जस्तो
बिघाती घातीको करतुत खुल्यो दुष्ट कस्तो
हकी छैनन् स्वार्थी कलुष दिलका अन्कनाए
अहो ! काला कौवा मुलुक भरका सल्बलाए ॥५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x