साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो बिमारको उपचार खै ?

दिमागमा गड्छ । एकोहोरो झन्कार दिन्छ चिमोट्छ, निमोट्छ आइरहन्छ यो अनौठो शब्द तीन अक्षरले बनेको सानै देखि सुनेको कसले हो रचेको ?

Nepal Telecom ad

शिवप्रसाद जैशी :

डाक्टर साप मेरो बिमारको उचार खै ?
ओखती खै ?
सुलुत्त निल्न सकिने ट्याब्लेट खै ?
घुटुक्क पिउने झोल खै ?
च्वास्स घोच्ने सुइ जन्मेन ?
अपस्ताल कहाँ हो ?
मैले भेट्नै सकिनँ !

बडो गजबको रोग छ मलाई
सत्तामा हुँदा भत्ताले छेकेर हो कि,
पर्खालले घेरेर हो कि,
बन्दुकले ठेलेर हो कि,
सुरक्षाकर्मीले रोकेर हो
मलाई बिल्कुल पत्ता छैन
म सताइन्छु- बिर्सने रोगले ।

चटक्क बिर्सन्छु
शब्दकोशमा दरिएको
मेरो जिब्रोमा सजिएको
सत्ता चढ्ने भर्‍याङ
म माथि उक्लिने लिस्नो
जनता भन्ने शब्द !

म बतुराउन पो थाल्छु ।
किन हो कुन्नि
म होसमा हो वा वेहोस् वा मदहोस्
मेरो सम्झनामा पटक पटक घरजम गर्छ
विस्मृतिमा जान पटक्क मान्दैन
निन्द्रा, भोक र तिर्खामा पस्छ
मुटु भित्र बस्छ ।

दिमागमा गड्छ ।
एकोहोरो झन्कार दिन्छ
चिमोट्छ, निमोट्छ
आइरहन्छ यो अनौठो शब्द
तीन अक्षरले बनेको
सानै देखि सुनेको
कसले हो रचेको ?
जनता जनता जनता जनता जनता !
जब म हुत्तिन्छ, मिल्किन्छु
सत्ताबाट तलतिर ।
लौ न, डाक्टर साप यो कुन बिमार हो
सत्तामा बिर्सने
सत्ता बाहिर सम्झिने ।

०००
कैलाली, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x