साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो मुख हेर्छस् भने !

यहि प्रिय सनातनबाट उम्किएर तँ समुन्द्रको आग्लो लगाएर टाढा पुगिस् छोरा त्यसैले मलाई औडाहा हुन थालेको छ । अतः मेरो मुख हेर्छस् भने एक बोतल सेन्तेरम पठाइ दे छोरा !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

मेरो मुख हेर्छस् भने
एक बाेतल सेन्तेरम पठाइदे छाेरा !
आजभाेलि धेरै औडाहा हुन थालेको छ ।

तँ जन्मिदा
मैले पनि तेरो मुख हेरेको छु
मेरो भविष्यको टेकोलाई
हजारौं पल्ट अङ्गालोमा बेह्रेको छु
तर आज
मेरा औँलामा आभाषहरू मात्रै छन्
तेरो मुठ्ठीका इतिहासहरू मात्रै छन् ।

धेरै वर्षहरू आज यसरी बितिरहँदा
मलाई दण्ड दिने न्यायाधीशहरू बढ्दै जाँदा
म आफ्नै हिरासतमा
समयका कोर्राहरू खाँदै छु छोरा !

तँ सूर्यलाई अर्कै आँखाले हेर्ने भैसकिछस्
म अझै धाराको डिलमा उभिएर
औँलाको प्वाल बनाएर हेर्दै छु
किनकि
जिन्दगीको सानु झ्यालबाट
साह्रा श्रृष्टि ब्रम्हाण्डलाई चिहाउँन
मलाई मेरा बाले सिकाउँनु भएको हो
मेरा बालाई पनि
उनका बाले सिकाउँनु भएको हो
यहि प्रिय सनातनबाट उम्किएर
तँ समुन्द्रको आग्लो लगाएर
टाढा पुगिस् छोरा
त्यसैले मलाई औडाहा हुन थालेको छ ।

अतः मेरो मुख हेर्छस् भने
एक बोतल सेन्तेरम पठाइ दे छोरा !

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x