साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्तित्वको खोजीमा मालअड्डाको- ‘मालपोखरी’

कति सुनाउँ पीडा, कसलाई सुनाउँ पीडा । गरियो मेरो काम तमाम साक्षी छ छेउ कै न्यायधाम । प्रश्न जल्दो बल्दो छ किन गरियो मेरो चीरहरण, धुमधाम-सरेआम ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

गाउँको काखमा हुर्किएको म,
शहरको स्वार्थमा हराएको छु ।
कतै केही उपाय नलागेर,
सपना सबै सक्याएको छु ।

भत्केको स्मृतिको प्रतिविम्बमा
बाध्यताको परिवेशमा
आफ्नो अस्तित्वको खोजीमा
भौंतारिरहेको छु-
म दुखियारी मालअड्डाको – ‘मालपोखरी’ ।

“गहेली”को माटोको सुगन्ध,
मनलाई रसिलो बनाउँथ्यो ।
किनारको वर-पिपलको पातले
मीठो धुन सुनाउथ्यो ।
आगन्तुकको तीर्खा पनि मेटाउँथे
नुहाउन पनि सघाउँथे ।

बिहानीको पहिलो किरणको
गर्दै सत्कार
सूर्यलाई नगरवासीको
समुन्नतिका लागि बिन्ती चढाउँथे ।

मालअड्डाको साथ पाएर
मालपोखरी पाएको नाम ।
मेरो गज्जबको थियो सम्मान ।
जिउँदो अस्तित्व रहँदा
सबैतिर थियो गुणगान ।
हरे आज गुमाएको छु पहिचान ।

कोही शीतल पाएर सुतेका-
कोही नकचरा हुन्थे मुतेका
गाइवस्तुलाई थियो आराम ।
रमणीय थियो ठाम ।

उता चाँदी जस्तो पानीको फुहार,
सुनौला रंगमा लिप्त बहार ।
यता गर्दागर्दै उपकार,
मेरो त भयो बँटाधार ।
न्याय दिनेले नै गरेछ अपकार
खोइ, कता मागुँ गुहार !

पहिले मेरो डिल सापटी मागेर
सभा भवन उभ्याइयो ।
फेरि बगैँचाको निहुँमा
मेरो अस्तित्व नै सिध्याइयो ।
कति सुनाउँ पीडा,
कसलाई सुनाउँ पीडा ।
गरियो मेरो काम तमाम
साक्षी छ छेउ कै न्यायधाम ।
प्रश्न जल्दो बल्दो छ
किन गरियो मेरो चीरहरण,
धुमधाम-सरेआम ?

लेख्न भ्याएको छु मेरो दुःखगाथा
जसोतसो गरी ।
आफ्नो अस्तित्वको खोजीमा
भौतारिरहेको छु
बाध्यताको परिवेशमा
आफ्नो पहिचान हराएको
म दुखियारी !
मालअड्डाको – ‘मालपोखरी’ ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
आश ठूलै जागेको

आश ठूलै जागेको

लक्ष्मण नेवटिया
भोट हो भोट ! होइन खाइ सिध्याउने चुरोट

भोट हो भोट !...

लक्ष्मण नेवटिया
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x