साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हुँ म ?

देश परदेश - देश परदेश देश परदेश - परदेश देश भन्दै भन्दै देशभन्दा परदेश ठीक भन्ने म को ? देशद्रोही हुँ ? राष्ट्रविरोधी तत्व हुँ ? विद्रोही हुँ ? क्रान्तिकारी हुँ ? म परदेशी को हुँ ?

Nepal Telecom ad

एम.पी. कियरलेस :

सर्वश्रेष्ठ प्राणी भन्दै
विज्ञानको परिभाषाभित्र
जबर्जस्ती अटाइएको हो मलाई,
को हुँ म ?

जन्मिनु अघि झारिएको हो मलाई,
को हुँ म ?

साल-नालमा लपेटिएर
चिच्याई चिच्याई सूर्यलाई बिउँझाउने,
को हुँ म ?

पुतलीको पछि पछि
बस्तुभाउ अघिअघि
जुनकिरीको तलतल
आफ्नै छायाँको माथि माथि दौडिरहेको
को हुँ म ?

यी अक्षर चिनेको
दुनियाँ बुझेको,
को अबुझ हुँ म ?

भर्खरै घरवालाले
आफ्नै घरबाट निकालेको हो मलाई,
कुन गाई हुँ म ?

उधारो तिर्न
नसकेर पुरानो बाटो बदल्ने
नयाँ को हुँ म ?

सरकारी झ्यालबाट फालिएको हो मलाई ।
स्कूलको ढोकाबाट फर्किएको हुँ म ।
अस्पतालको काउन्टरबाट फर्किएको हुँ म ।
आधी बाटोमै झरेको हुँ ।
म धेरैपल्ट मरेको हुँ ।
को अमर हुँ म ?

वाचा राख्ने,
कसम खाने
को लक्ष्मी हुँ म ?

जबर्जस्ती हात-खुट्टा बाँधेर
मण्डपमा राखिएको हो मलाई ।
लंका हिँडेको को हुँ म ?

यी विम्बै विम्बमा
बाँधिएको, म के हुँ ?
को हुँ म ?

उदाउँदो सूर्य, अस्ताउँदो जून
उदाउँदो जून, अस्ताउँदो सूर्य
यी जून-सूर्यको जीवन चक्र
हेरिरहने
को हुँ म ?

एक्काइसौं शताब्दिमा
पसिना बगाउन हिँडेको
को कमैया हुँ म ?

देशको नागरिकता भएको
तर
देशको आफ्नाको सूचीमा नभएको
को पराई हुँ म ?

यो देशको धारा-धारामा छुटेको
को हुँ म ?
सरस्वतीको मन्दिर बाहिर छुटेको
को हुँ म ?
सहर जाने बाटोमा छुटेको
को हुँ म ?
यो देशबाट छुटेको
को, मदन हुँ म ?

खाट-भुइँ
झ्याल-खाट
सिढी-आँगन
बाटो-चोक
गल्ली-ढोका
सौचालय-विद्यालय
प्रतीक्षालय-घाटालय
यी आलयहरूमा
पालो कुरिरहने को हुँ म ?

म चेसको गोटी हुँ कि ?
जहिले मर्न तयार
म लुडोको गोटी हुँ कि ?
जहिले झर्न तयार
म क्रिकेटको बल हुँ कि ?
जहिले सिमा नाघ्न तयार ।
म क्यारमको गोटी हुँ कि
जहिले हाम फाल्न तयार
कि म फुटबल हुँ ?
कोही छ मेरो पछाडि,
म को हुँ ?

परदेश पुगेको साथी भेटिन्न साथ
देश परदेश – देश परदेश
देश परदेश – परदेश देश
भन्दै भन्दै
देशभन्दा परदेश ठीक भन्ने म
को ?
देशद्रोही हुँ ?
राष्ट्रविरोधी तत्व हुँ ?
विद्रोही हुँ ?
क्रान्तिकारी हुँ ?
म परदेशी को हुँ ?

लास माथि राता चुरा फुटाउने,
को हो त्यो ?

हे ताराजी विचार नराखी तिमीले शोकै कति गर्दछ्यौ ।

यो मेरो पति हो भनेर नबुझी व्यर्थै शरीर धर्दछ्यौ ॥

जीवै हो पति भन्दछ्यौ पनि भन्या मर्दैन जीव ता कहीँ ।

देहै हो पनि भन्दछ्यौ त किन शोक गर्छ्यौ छ ऊ ता यहीँ ।

न ब्रह्मको ज्ञान
न धर्मको ज्ञान
को हो त्यो ?
को हुँ म ?

सुन्दर-शान्त देशको विमानस्थललाई दुर्गन्धित पार्ने ।
म को त्यो ?

मेरो कफनमाथि बसेर पर्यटक देश भित्रिन्छन् ।
देशले मारेको
देशभक्त हुँ म ।

समाज भन्छः
समाजका नाममा मेरो बलि आवश्यक छ ।

ईश्वर भन्छः
धर्मको नाममा मेरो बलि आवश्यक छ ।
यो मान्छेको नाममा, बलि चढ्ने
म के हुँ ?
म को हुँ ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x