कुमार खड्काअवसान
नैतिकताका नखराले उद्द्त छन् कठैबरा भिखका चारा छर्दैछन् मुखिया विचरा चकारिमै थैलो भर्ने प्रयासले कतै यहाँ नाङ्गिएरै नौटङ्की गर्दैछन्, त्यै खतरा ।

कुमार खड्का :
तिमी मृत्युलाई अन्तिम सत्य भन्छौ
फलको आशा विना कर्म फत्य भन्छौ
जीवनलाई के भनेर उपमा दिनु खै ?
भण्डार रित्तिदा भर्ने तथ्य के भन्छौ ?
दान, धर्मको आख्यान के छाँट्नु र खै ?
मनगढन्तेका धेरै कुरा के काट्नु र खै ?
पापमोचन पत्र मात्र बिक्रि गर्न बाँकि छन्
खुलेकै छन् पसल, साँच्चै के ढाट्नु र खै ?
मायाका गहिरा कुरा भन्दै असाध्य छन्
प्रकृत प्रदत्त जरा उखेलिन बाध्य छन्
स्थायित्वका रङ्गहरू खुइलाइदै छन् यहाँ
दिगो विकासको लक्ष्य भनि के साध्य छन् ?
नैतिकताका नखराले उद्द्त छन् कठैबरा
भिखका चारा छर्दैछन् मुखिया विचरा
चकारिमै थैलो भर्ने प्रयासले कतै यहाँ
नाङ्गिएरै नौटङ्की गर्दैछन्, त्यै खतरा ।
जुठोपुरोको भिख दानमा बदल्दैछ, ऊ
चहराउँदो घाउ आश्वासले खोतल्दैछ, ऊ
मान्छेको भिडमा एक थपिँदैछ, फगत
बाहिरी ढोगले स्वयं ढल्दै र जल्दैछ, ऊ ।
०००
आलापोट, काठमाडौं








































साह्रै मिठो !!