साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमानमा भुक्तमान छ

चेतना दियो बाल्न पर्दथ्यो । देशमा मियो योग्य चाहियो ।। भ्रष्ट नाइके कष्ट मात्र छ । वर्तमानमा भुक्तमान छ ।। राष्ट्र भावना छैन आँतमा । आर्तको जुनी जल्छ रातमा ।। न्याय मासियो लात घात छ । वर्तमानमा भुक्तमान छ ।।

Nepal Telecom ad

जगदीश्ववर पाेखरेल :

स्वर्ग तुल्यको पूण्य भूमि हो ।
भ्रष्टवादले भासिँदै गयो ।।
बुद्धिहीनको दास सोच छ ।
वर्तमानमा भुक्तमान छ ।।१

लुट्न खानमा शान ठान्दछन् ।
शत्रु साथमा राख्न जान्दछन् ।।
मान खस्कियो दुष्ट हात छ ।
वर्तमानमा भुक्तमान छ ।।२

भोक रोगले ग्रस्त छन् सबै ।
छैन औषधी बस्दछन् रुँदै ।।
भ्रष्ट पक्षको साँठगाँठ छ ।
वर्तमानमा भुक्तमान छ ।।३

चेतना दियो बाल्न पर्दथ्यो ।
देशमा मियो योग्य चाहियो ।।
भ्रष्ट नाइके कष्ट मात्र छ ।
वर्तमानमा भुक्तमान छ ।।४

राष्ट्र भावना छैन आँतमा ।
आर्तको जुनी जल्छ रातमा ।।
न्याय मासियो लात घात छ ।
वर्तमानमा भुक्तमान छ ।।५

०००

पाउँदीबजार, लमजुङ
सम्प्रति-सन्तोषीनगर, कलङ्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x