साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रत्यौली

राती चल्ने रत्यौली त दिन घोडेजात्रा कतिञ्जेल चल्ने होला यस्तो गाई-जात्रा ? रत्यौली र गाईजात्रामा हुन्छ ठूलो भोज जति जात्रा चल्यो उति नेता गर्छन् मोज ।

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

छाडा भए देशभाँडा कल्ले बोल्न सक्ने ?
रत्यौलीको स्वतन्त्रता कल्ले रोक्न सक्ने ?
गाई-जात्राभन्दा ठूलो जात्रा चल्यो ऐले
देखेँ हलो-गोरुजात्रा, महाजात्रा मैले ।

ठेउवा, कौवा रतेलीमा गीत गाउने भए
पखेटा नै उचालेर डिस्को नाची गए
बाज आयो हानिएर आँखा नचाउँदै
श्याल, कुकुर, गिद्ध हाँसे सिनु चपाउँदै ।

बाँदरको हात पर्‍यो डल्ले नरिबल
बिरालो र बाघहरू गरे खलबल
टाठा-बाठा बलियाले मोज गर्न पाए
लाटा-सुधा जनताले खानु दुःख खाए ।

जोजो आए खाए गए काम कल्ले गर्‍यो ?
जल्ले पनि मौका पारी आफ्नै भुँडी भर्‍यो
जल्ले पायो डाडु-पन्यु उल्ले खायो धेरै
सीधा-सादाहरू चाहिँ सधैं हेर्‍याहेर्‍यै ।

राती चल्ने रत्यौली त दिन घोडेजात्रा
कतिञ्जेल चल्ने होला यस्तो गाई-जात्रा ?
रत्यौली र गाईजात्रामा हुन्छ ठूलो भोज
जति जात्रा चल्यो उति नेता गर्छन् मोज ।

०००
लमजुङ
फित्कौली, पूर्णाङ्क ५, २०६२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x