साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमतीको सनक

गुन्युँचोलो कुनाबाट झिकी लगाइन्‌ स्कर्ट र टपलाई भित्रै जलाइन्‌ ‘म त तिम्री बुढी नै हुँ तिमी मेरा बुढा ब्युटी हेर्ने मान्छेहरू हुँदा रैछन् फुँडा ।’

Nepal Telecom ad

रमेश समर्थन :

आदरणीय सभापति, मुख्य अतिथि
साहित्यानुरागी आयोजक समिति
हास्यव्यङ्ग्य लेख्ने गाह्रो काम थालियो
डराउँछु के कुरामा हात हालियो ।

श्रीमतीको सनक लेखें यसको शिरमा
लडाउने हो कि मलाई घोप्टे भिरमा
हास्य भए पेट मिची मिची हाँस्नुहोस्‌
व्यङ्ग्य भए आफैभित्र पनि झाँक्नुहोस् ।

मप्रतिको दाग भए पहिले धुनुहोस्‌
हास्यव्यङ्ग्य सुन्नलाई तयार हुनुहोस्‌
सुन्दै जाँदा ठुलै दोष पाउनुहुनेछ
समालोचकज्यूले खोट लाउनुहुनेछ ।

समाजको यथार्थ हो, हैन गन्थन
विवेकको मदानीले गर्नुस् मन्थन
के भनूँ म कस्ती परिन् मेरी श्रीमती
कहिलेकाहीँ पर्छ मलाई साह्रै फजिती ।

चल्ने गर्छन् श्रीमतीका थरी थरी सनक
पोल खोल्छु तर कानमा नपरोस् है भनक
एकपल्ट मन्त्राणीको रहर चलाइन्‌
लडाएर चुनावमा मलाई हराइन् ।

चुनावको कुरो मैले पहिले लेखिसकें
नयाँ नयाँ चर्तिकला धेरै देखिसकें
एक दिन श्रीमतीलाई सनक चढेछ
मिसेज ब्युटी बन्ने उनको रहर बढेछ ।

ब्युटी पार्लर अब उनी धाउन थालिछन्
अनुहारमा लाली पाउडर लाउन थालिछन्‌
नागबेली केशलाई ठुटै पारेर
जिन्स् अब लाउन थालिन् गुन्युँ फालेर ।

हङकङ बजार घुमी घुमी निकै छानेर
मिनी स्कर्ट किनी ल्याइन् राम्रो मानेर
आँखा पुगे उनका चाइनिज जुत्तामा
कसी कसी लाउन थालिन् ठुला खुट्टामा ।

आहा फाहा दलिकन गाला रँगाइन्‌
छालालाई तन्काएर चाउरी भगाइन्‌
आँखिभौं चैं खुर्किएर आइब्रो पेन्सिल
आफै गई किनी ल्याइन् ड्रेसिङ टेबिल ।

‘बुढी मलाई नभन्नू है, भन डार्लिङ
मडवारी पुरानो भो ल्याऊ यार्लिङ ।’
‘आमा’ भनी छोराछोरी बोलाउँथे जब
उनी भन्थिन् ‘पाखेहरू मम् भन अब ।’

गुन्युँचोलो छोरीलाई उनले पोसिछन्‌
छोरीलाई मिल्ने लुगा आफै खोसिछन्‌
नाकमाथि कालो चस्मा ब्याग झुन्ड्याइन्‌
चुरा, पोते, सिँदुर, टिका बाहिर मिल्काइन् ।

‘ओहो !’ हैन ‘हाइ हेलो’ उनी भन्दथिन्‌
दिक्क मानी कहिले सेता केश गन्दथिन्
मेहन्दीले सेता काला दुबै थरी केश
रातै पारिकन भन्थिन्, ‘बल्ल भयो बेस ।’

छिनछिनमा ऐना झिकी हेरिरहन्थिन्‌
दसौं पल्ट नयाँ पोसाक फेरिरहन्थिन्
सयौं सयौं आँखालाई उनी निम्त्याउँथिन्‌
चस्माभित्रबाट आँखा पनि झिम्क्याउँथिन् ।

मस्किएर आफैसित उनी दङ्ग पर्थिन्‌
दुई आँखाको खोपल्टामा निलो रङ्ग भर्थिन्
मस्की मस्की लस्की लस्की हिँड्थिन् जब उनी
मेरो मन भन्ने गर्थ्यो ‘भइस् बैगुनी ।’

‘हेर डार्लिङ मेरो रूप कस्तो देखिन्छ ?
मिसेज ब्युटी अब मेरै नाउँमा लेखिन्छ ।’
मेरो मन कुँड्याउँदै उनी भन्दथिन्‌
एकै दिनमा सयौं पल्ट दिन गन्दथिन् ।

मिसेज ब्युटी कम्पिटिसन हुने दिनमा
आफूलाई निहार्दै थिन् छिनछिनमा
निर्णायक समितिका सदस्यका आँखा
उनी सोच्थिन् उनीबाहेक नपरून् है पाखा ।

ब्युटी जाँच गर्नलाई भित्र बोलाए
खुसी मानी श्रीमतीका आँखा लोलाए
‘जे जे गरे पनि केही बोल्नु हुँदैन
रहस्य यो पतिसामुु खोल्नु हुँदैन ।

लाजलाई छाडिदिनुस् घरको कुनामा
आफ्नो रूप पस्किदिनुस् हाम्रो दुनामा ।’
भनिकन जब थाले आँखा नचाउन
श्रीमतीलार्इृ गाह्रो भयो इज्जत बचाउन ।

ब्वाँसाहरूसित उनी साह्रै डराइन्‌
भित्रैबाट ‘गुहार ! गुहार !’ भनी कराइन्
हस्याङफस्याङ गर्दै उनी त्यहाँबाट भागिन्‌
यताउता नहेरेर घरतिरै लागिन् ।

गुन्युँचोलो कुनाबाट झिकी लगाइन्‌
स्कर्ट र टपलाई भित्रै जलाइन्‌
‘म त तिम्री बुढी नै हुँ तिमी मेरा बुढा
ब्युटी हेर्ने मान्छेहरू हुँदा रैछन् फुँडा ।’

सौन्दर्य त प्रकतिको उपहार हो
ब्युटी कम्पिटिसन भन्ने त व्यापार हो
यसै गरी पुग्यो उनको ब्युटी बन्ने रहर
हेर्दै जानुस् अब कस्तो चल्छ उनको लहड ?

०००
रुपन्देही

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

मनपर्यो मनपर्यो मनपर्यो मलाई मन पर्यो

Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x