साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकिमको चाकडीको एक बान्की

घुस नखाने सिधासाधाको बचरा लुक्ने गुँड भएन घुस नआउने फाइल पल्टाउन कहिल्यै हजुरको ‘मुड’ भएन भुँडे गणेशको साख्खे भतिजो केबल हजुरको सुँड भएन ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

मसँग एउटा खाम छ
त्यसमा हजुरको नाम छ
ठूला मान्छेको पत्र हो यो
गर्नै पर्ने एउटा काम छ
हाकिम सा’ब सलाम छ ।

चारपासका दिव्यज्ञानले
घुम्ने कुर्सीमा बस्ने गरेका
पहुँचवालाको धाक जमाई
विकास बजेट डस्ने गरेका
चिल्ला चिप्ला हर्पे बोकी
ठालुहरूकहाँ पस्ने गरेका
हजुरको ठूलो नाम छ
गर्नै पर्ने एउटा काम छ
हाकिम सा’ब सलाम छ ।

केबल हजुरको कृपा दृष्टिले
पर्ती जग्गामा महल ठडिन्छन्‌
मात्र हजुरको ‘दयादृष्टि’ले
सोझा सिधाका जरा खनिन्छन्‌
विचित्रको छ दृष्टि हजुरको
पैसा पाए सबै ‘मिल्ने’ देखिन्छन्‌
मेरो गोजीमा दाम छ
गर्नै पर्ने एउटा काम छ
हाकिम सा’ब सलाम छ ।

तस्करसंगको दोस्ती हजुरको
कहिल्यै पनि यो टुट्नु हुँदैन
लिने पचाउने ग्याङ्ग हजुरको
ग्याङ्ग कहिल्यै फुट्नृ हुँदैन
तक्मा पाउने नामावलीमा
कहिल्यै हजुरले छुट्नु हुँदैन
चाकडीदारको लाम छ
गर्नै पर्ने एउटा काम छ
हाकिम सा’ब सलाम छ ।

घुस नखाने सिधासाधाको
बचरा लुक्ने गुँड भएन
घुस नआउने फाइल पल्टाउन
कहिल्यै हजुरको ‘मुड’ भएन
भुँडे गणेशको साख्खे भतिजो
केबल हजुरको सुँड भएन
गिदी हजुरको ‘जाम’ छ
गर्नै पर्ने एउटा काम छ
हाकिम सा’ब सलाम छ ।

०००
बोझेपोखरी, ललितपुर
‘गोरखापत्र’ (२०४७ साउन २३)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

पाठकले सबै पंक्ति छाम्छ
गुदगुदी र काउकुती पाम्छ पाम्छ
विकृतिलाई यसले डाम्छ
लेखकलाई सलाम छ।

Nepal Telecom ad
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x