साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटो !!

भोलि,ईश्वर बिर्सूँ म होइनन् मृत्तिका धन बरु हुन् गति सच्चाका रोक्ने कठोर बन्धन ! अन्धविश्वासका थोत्रा दाग फालूँ उता पर सीमारहित विश्वास मात्र हो परमेश्वर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

माटो माटो म माटोमा घुमेको छु निरन्तर
माटो माटो म माटो नै चुमेको छु निरन्तर !
वार हुँ कि हिँडूँ पार माटोमै पाउ चल्दछन्
पहाड सम्म यी फाँट उकाला कर खेल्छन् !!

न सीमा देशले चुम्छु न जल हात धुन्छु म
न एक भेदमा अर्को अनावश्यक रुन्छु म !
दूर सुदूर वा मध्य जहाँ जाऊँ निरन्तर
समग्र विश्व यो मेरो विशाल एउटा घर !!

न जात घेरिने घेरो न धर्म फेरिने कतै
न धनी छुट्टिने रूप न आर्त छु हुने कतै !
न बारुदी बलेँ ज्वाला परेवी न चुचो कतै
समग्र विश्व हूँ एक अहिँस्रक जताततै !!

तारा असङ्ख्य छन् माथि आकाश एउटा घर
जलको छाल उच्छाल पन एक छ सुन्दर !
म विश्व विश्व हो मेरो यति मात्र गुनेपछि
न बारुद कतै बल्छ जम्मै उस्तै सुनेपछि !!

न क्षेप्यास्त्र कतै जन्म लिन्छ माटो जलाउन
न रोक्छ बम वर्षाले पिपिरा यी पलाउन !
न ऐय्या घाउले दुख्छ दिल चस्की यता कतै
बुध्दत्व बीज माटोमा रोपी हेरे जताततै !!

ऊ खाओस् पहिले ठाँनू म मान्छे मनले यता
ऊ लाओस् पहिले लाऊँ म मान्छे तनले यता !
ऊ बोलोस् पहिले बोलूँ म मान्छे मुखले यता
यही मात्र म माटोमा रोपूँ बिज जतातता !!

भत्कूँ पिल्लरका साँध न बाधूँ बाँध यो मन
न छाँदू जातको छाँद कतै जन्मन्न क्रन्दन !
भत्कूँ म धर्मको धार अधर्म जन्मिने कता
एक मानवता अग्लो धर्म सच्चा जतातता !!

अहङ्कार हटूँ सारा हुङ्कार म बनूँ जल
लोभको दाग घोटेर बनूँ चन्दन निर्मल !
लालसा र घृणा जम्मै सुनामी म उडूँ उता
उर्वराकारका पार माटो हुन्छ जतातता !!

भोलि, ईश्वर बिर्सूँ म होइनन् मृत्तिका धन
बरु हुन् गति सच्चाका रोक्ने कठोर बन्धन !
अन्धविश्वासका थोत्रा दाग फालूँ उता पर
सीमारहित विश्वास मात्र हो परमेश्वर !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x