साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरेपछि जय जय होओस् !

लासलाई काँध दिई सबलाई छक्क पार्नु पर्छ बोक्रो चिल्लो पार्नु पर्छ भित्र फल कुहेको होस् स्वार्थी मान्छे तेरो पनि मरेपछि जय जय होओस् !

Nepal Telecom ad

रामदेव पाण्डे :

सर्प हो या मुसा जिउँदो
मार्छ जसले खोजी खोजी
मूर्तिलाई तिनै जातको
गर्छ पूजा रोजी रोजी
मरुन् भन्ने गरे पनि
बुबा आमा जीवित हुँदा
दुनियाँले देख्छ नि त
मूर्तिअघि बसी रुँदा
भोकै नाङ्गै राखे पनि
जिउँदा बाउआमालाई
पिण्ड दिई मरेपछि
वैतरिणी तार्नु पर्छ
मान्छे जीवित छँदासम्म
छिर्के हानी लडाए पनि
लासलाई काँध दिई
सबलाई छक्क पार्नु पर्छ
बोक्रो चिल्लो पार्नु पर्छ
भित्र फल कुहेको होस्
स्वार्थी मान्छे तेरो पनि
मरेपछि जय जय होओस् !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x