सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मरेपछि जय जय होओस् !

लासलाई काँध दिई सबलाई छक्क पार्नु पर्छ बोक्रो चिल्लो पार्नु पर्छ भित्र फल कुहेको होस् स्वार्थी मान्छे तेरो पनि मरेपछि जय जय होओस् !

Nepal Telecom ad

रामदेव पाण्डे :

सर्प हो या मुसा जिउँदो
मार्छ जसले खोजी खोजी
मूर्तिलाई तिनै जातको
गर्छ पूजा रोजी रोजी
मरुन् भन्ने गरे पनि
बुबा आमा जीवित हुँदा
दुनियाँले देख्छ नि त
मूर्तिअघि बसी रुँदा
भोकै नाङ्गै राखे पनि
जिउँदा बाउआमालाई
पिण्ड दिई मरेपछि
वैतरिणी तार्नु पर्छ
मान्छे जीवित छँदासम्म
छिर्के हानी लडाए पनि
लासलाई काँध दिई
सबलाई छक्क पार्नु पर्छ
बोक्रो चिल्लो पार्नु पर्छ
भित्र फल कुहेको होस्
स्वार्थी मान्छे तेरो पनि
मरेपछि जय जय होओस् !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सफल माने माफिया !

सफल माने माफिया !

रामदेव पाण्डे
मान्छे कि जन्तु

मान्छे कि जन्तु

रामदेव पाण्डे
म पनि भक्त बन्छु !

म पनि भक्त बन्छु...

रामदेव पाण्डे
यसो गरे कसो होला ?

यसो गरे कसो होला...

रामदेव पाण्डे
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x