साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविसँग रविको विलाप

रविले लाजले भुइँतिर हेर्दै भन्यो, "अब भने बुझेँ, रवि मात्र नभएर घमण्ड पनि अस्ताउँछ । कवि त आफैँमा सधैं जीवित रहन्छ ।"

Nepal Telecom ad

लक्ष्मी रिजाल :

रवि र कवि दुईजना साथी थिए । रवि निकै घमण्डी स्वभावको थियो, भने कवि सधैं साहित्यिक कुरा गरेर आफूलाई महान् ठान्थ्यो । एक दिन उनीहरू पार्कमा बसिरहेका थिए । रविले हाँस्दै कविलाई भन्यो,
“तिमी आफ्नो कविता लेखेर केही उपलब्धि गरेको छौ ? मेरो त व्यापारले आकाश छोएको छ । म अस्ताउँछु भन्ने कुरा सपनामा पनि सोच्न सक्दिनँ ।”

कविले मुस्कुराउँदै भन्यो,
“रवि होस् कि कवि, उदाएपछि एक दिन अस्ताउँछ भन्ने कुरा त प्रकृतिको नियम हो ।”

रविले झर्किंदै भन्यो,
“तिमी जस्तो निराशावादी मानिसले त यसैगरी अस्ताउँछु भन्ने सोच्ला, म छैन !”

कविले थप केही भनेन । समय बित्दै गयो । केही वर्षपछि रविको सहकारी व्यापारमा ठुलो घाटा लाग्यो । ऊ आफ्नो नाम मात्रका ठूला कुरा गर्थ्यो तर यथार्थमा उसले ऋणको भारी बोकेको थियो ।

एक दिन, रवि कविलाई भेट्न आयो । उसले भने,
“कवि, तिमी ठीक रहेछौ । आखिर उदाएपछि अस्ताउनु त पर्छ रहेछ । तर, तिमी किन सधैं हाँसिरहन्छौ ? तिमीलाई कहिल्यै अस्ताएजस्तो लाग्दैन ।”

कविले हाँस्दै भन्यो,
“म अस्ताउँदा पनि मेरो कविता बाँचिरहेको हुन्छ । त्यसैले म अस्ताउँदा पनि कसैले नदेख्ने गरी फेरि उदाउँछु । तिमी आफ्नो घमण्डलाई मात्र उदाएको ठानेछौ, त्यसैले अस्ताउँदा गहिरो अँध्यारो लाग्यो ।”

रविले लाजले भुइँतिर हेर्दै भन्यो,
“अब भने बुझेँ, रवि मात्र नभएर घमण्ड पनि अस्ताउँछ । कवि त आफैँमा सधैं जीवित रहन्छ ।”

त्यसपछि रविले आफ्नो जीवनलाई फेरि नयाँ ढंगले सुरु गर्ने सोच बनायो । तर, उसको मनमा सधैं कविको ती तीता शब्दले चसक्क घोचिरह्यो ।

०००
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x